दश प्रतिशत ब्याजदर व्यवस्था कार्यान्वयन गर्न चेम्बरको माग

- October 22, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको निक्षेपको उच्च ब्याजदरमा नियन्त्रणको लागि परिपत्र गरेको बिषयमा नेपाल चेम्बर अफ कमर्सको ध्यानाकर्षण भएको छ । वित्तिय प्रणालीमा तरलताको अभावको समस्या चुलिए पछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा शुरु भएकोमा यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार गत महिनाहरुमा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र सस्थागत मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनु पर्ने भनि दिएको निर्देशनलाई कार्यान्वयन गर्न चेम्बरले माग गरेको छ ।  बैंक तथा वित्तीय संस्थाको सिसिडी ८५ प्रतिशतलाई खारेज गरी सिडी ९० प्रतिशत गरिएकोले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको हुनाले तत्कालै पुरानै ब्यवस्था अनुरुप सिसिडी रेसियो न्यूनतम ८५ प्रतिशत कायम हुनु पर्ने छ भन्ने चेम्बरको धारणा रहेको जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV