मन्त्री हमालद्वारा पदबाट राजीनामा

- October 10, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्ती भएको दुई दिनमै गजेन्द्रबहादुर हमालले सो पदबाट राजीनामा दिएका छन् । हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन । आइतबार बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएको हमालले बताएका छन् ।  उनी शुक्रबार मन्त्री नियुक्त भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटाबाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भएपछि हमालले सो पदबाट राजीनामा दिएको बताइएको छ । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् । हमालले राजीनामा दिएपछि भने, ‘‘संविधान र कानूनी राज्यका पक्षमा लामो लडाइँ लड्दै आएको व्यक्ति भएकाले अहिले संविधानमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्दा पदमा बसिरहन उपयुक्त लागेन ।’ आपूर्ति मन्त्री हमालले दिएको राजीनामा प्रधानमन्‍त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार बिहान हमालले दिएको राजीनामा स्वीकृत गरेको प्रधानमन्‍त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV