थप १०४३ सङ्क्रमित, १२ को मृत्यु

- October 6, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९९ हजार ६ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १५ हजार चार सय ६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ११ हजार एक सय ६५ जनाको पिसिआर परीक्षण र चार हजार ३ सय जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । आज ८ सय ९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ७२ हजार २ सय २९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै काठमाडौं उपत्यकामा थप चार सय ४० जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३४४, भक्तपुरमा ३५ र ललितपुरमा ६१ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV