काठमाडौं र भैरहवा एलिमिनेटरमा भिड्ने

- October 5, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको लिगको अन्तिम खेलमा काठमाडौं किंग्स इलेभेनसँग खेल रद्द भएपछि भैरहवा ग्ल्याडियटर्स तेस्रो भएको छ । खेल स्थगित भएसँगै दुवै टोलीले १-१ अंक बाँडेका हुन् । योसँगै ललितपुर प्याट्रियट्सको प्लेअफ पुग्ने सम्भावना सकिएको छ । अन्तिम दिनको खेल रद्द भएसँगै काठमाडौं चौथो हुँदै प्लेअफमा पुगेको छ । अब एलिमिनेटरमा तेस्रो भएको भैरहवा र चौथो भएको काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । योसँगै इपिएलको क्वालिफायरमा शीर्ष स्थानको चितवन टाइगर्स र दोस्रो स्थानको पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । सोमबार भारी वर्षासँगै भिजेको आउटफिल्डको कारण मंगलबार काठमाडौं र भैरहवाबीचको खेल हुन नसकेपछि अंक बाँडेका हुन् । भैरहवा कप्तान शरद भेषावकर, प्रशिक्षक पुबुदु दसानायके, काठमाडौंका कप्तान सन्दीप लामिछाने र अम्पायरहरुको लामो छलफलपछि खेल रद्द गर्ने निर्णय लिएका हुन् । यस खेल एक पटक स्थगित भइसकेको हुँदा इपिएल नियम अनुसार अंक बाँडिएको हो । चितवन ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा रह्यो। पोखरा ५ खेलमा ३ मा जित र १ मा हारसहित ७ अंक सहित दोस्रो स्थानमा रह्यो । भैरहवा ५ खेलमा २ मा जित सहित ७ अंकका साथ तेस्रो स्थानमा रह्यो । समान अंक भएपनि प्रतियोगिताको नियमअनुसार बढी जित दर्ता गर्ने टोली अघि रहने प्रावधान छ । अंक तालिकामा समान ७ अंक रहेपनि जितको आधारमा पोखरा दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको हो ।

भैरहवाले २ र पोखराले ३ खेलमा जित निकालेका थिए । लिगमा भैरहवा अपराजित रहेपनि एलिमिनेटर खेल्नु परेको हो । भैरहवाले पोखरासँग वर्षाको कारण अंक बाँडेको थियो । अर्को खेलमा ललितपुरसँग खेल टाइ हुँदा अंक बाँडेको थियो ।

काठमाडौं ५ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा रह्यो । ललितपुर ५ खेलमा ३ मा हार र १ मा जित सहित ३ अंकका साथ पाँचौं स्थानमा रह्ये । काठमाडौं नेटरनरेटको कारण एलिमिनेटर खेल खेलेको हो ।

ललितपुर ५ खेलमा ३ मा हार र १ मा जित सहित ३ अंकका साथ पुछारमा रह्यो । पहिलो क्वालिफायर बुधबार ९:३० मा हुने छ । बुधबारनै एलिमिनेटर हुनेछ । एलिमिनेटर १:३० मा हुने छ । दोस्रो क्वालिफायर बिहीबार र फाइनल शनिबार हुनेछ ।

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV