सुदुरपश्चिम तथा कर्णालीको विकासमा राज्य किन मौन

- September 28, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशनी बुढा
कर्णाली तथा सुदुरपश्चिम ऐतिहासिक रुपमा धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपमा अग्रस्थानमा छन् । ऐतिहासिक रुपमा संसारको आधा पृथ्वीमाथी शासन गरेको कर्णाली तथा सुदुर पश्चिम धर्म, सभ्यता र साँस्कृतिकको अग्रस्थान मानिन्थ्यो । आज विकासवादी, उपभोक्तावादी मानव अधिकारवादीको नाम आएका विदेशी संघ । संस्थाहरुले त्यहाँ मानवीय सभ्यता तहस नहस गरिएकोले आज दिनप्रतिदिन विभिन्न किसिमका, अराजकता, विकृति र विसंगक्तीले गर्दा अनेक किसीमका घटना दुर्घटना भइरहेको छ । हाम्रो नेपाली समाज संयुक्त पारिवारिक ढाँचाको समाज हो । पश्चिमा धर्म र संस्कृतिले गर्दा आपस लुट र फुटको सिद्धान्त मौलाएको छ । यो हुनु भनेको देशको राज्य संरचना र राजनैतिक मोडेल ठिक हुन पर्दछ ।

२०६३ को जनआन्दोलन र १० वर्षे माओवादीको आन्दोलन नेपाल संघिय गणतन्त्र स्थापना त ग¥यो । त्यसको परिणाम स्वरुप राज्यको संरचना ठीक भएन । नेपालको भु–राजनिति, सामाजिक महत्वलाई टेक्न सकेनन्, नेपाल विविध जाति, धर्म, संस्कृति एवम् भाषिक मुलकहो । नेपालको विविधताको अध्ययन नै गरेनन् र राज्यको शासकीय स्वरुप र प्रान्तको सहि मुल्यांकन नै गरेनन् त्यसको परिणाम स्वरुप आज मुलुकको हरेक संरचना बलियो हुनको सट्टा झन् कमजोर अवस्थामा जादैछन् । नेपालको ऐतिहासिक महत्व र भुगोलको राम्रोसंग ज्ञान नलिइकन हावामा प्रदेश घोषणाको परिणाम अव विसतारै त्यसले नकारात्मक रुप लिने अवस्थामा मुलुक पस्दैछ । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा गरियो ।

                                लेखक

संसारमा नभएको कुरा यहाँ गरियो, जनसंख्याको आधारमा विश्व इजरायल वाहेक कुनै देशमा छैन । विशाल विश्वका ठुला जनसंख्या भएका मुलुक चीन र भारत विचमा सानो मुलुक हो हाम्रो । विदेशीहरुलाई धमाधम नागरिकता बाँडीयो, नागरिकता दिने काम पनि जारी छ । अनि हामी अल्पमतमा पुग्ने अवस्थामा छौै, भने अर्कोेतर्फ भुः राजनितीकका साथैै सामारिक सुरक्षाकोे सवालमा उत्तर–दक्षिण मिलाएर ३/४ वटा राज्य (प्रान्त) बनाउनु पर्ने होे । तर त्यसोे गरेनन् आज २ नम्बर प्रदेशले भोली नकारात्मक बाटो लिन सक्दछ । त्यसैले कुनै पनि देशको क्षेत्र विकास, प्रगति हुन दुर–दृष्टि इतिहास, भुगोल, त्यस देशको जनमतको भावनालाई राजनैतिक दल वा नेतृत्व बझ्नु पर्छ ।

हाम्रा देशका प्रधानमन्त्रीदेखि मन्त्री, सासंदए एवम् राज्यका उपल्लो तहमा बसेका व्यक्तीहरु जनता देश भन्दापनि पैसा कसरी कमाउने धुनमा लागेकाले विश्वको तदमनम् गरिव र भ्रष्टाचारको कालो सुचीमा परिसकेका छौं । यर्सथ कर्णाली तथा  सुदुरपश्चिम (कर्णाली करिडोर) लाई कसरी विकास गर्न सकिन्छ, धर्म, सँस्कृति कसरी बचाउन सकिन्छ भन्ने विषयलाई यहाँ प्रष्ट पार्न चाहन्छु । नेपालको सव भन्दा वढि प्राकृतिक स्रोत र साधन कर्णाली तथा सुदुरपश्चिम नै छ । नेपालको जलस्रोतको मात्रै कुरा गर्ने हो भने कर्णाली तथा सुदुरपश्चिममा ३० हजार मेगावाटभन्दा बढि विद्युत उत्पादना गर्न सक्ने स्रोत रहेको छ ।

अहिले विदेशीलाई जिम्मा दिएका वेचिएका पँञ्चेश्वर, माथिल्लो कर्णाली र पश्चिम सेति बिवादमा छन् । स्थानियलाई पन्छाएर विदेशिलाई सुम्पेको छ । तर देश संघीयतामा गएको छ । प्रदेशको कुनै अनुमति लिएको छैन । विशेष दक्षिणको छिमेकी र उत्तरको छिमेकीले कब्जा जमाएका छन् । निर्माण गर्छन या गर्र्दैनन् त्यो रह¥यमयको विषय बनेको छ । यस्तै कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा अथाह विश्व प्रशिद्ध जडिवुटीहरु छन् । यार्सागुम्बा, संजिवनी, पाँचऔले, शिलाजीत, कटुको ताराचुक, गदाल्लो भई कस्तुरी वायजडि अदुवालगायत हजारौं जडिवुति तथा वनस्पतीहरु छन् ।

तिनिहरुको संरक्षण उत्पादन गरि औषधी उद्योगको विकास गर्ने भन्ने त्यहाँ जनतामात्रै नभएर राज्यकोष अर्वौं पैसा आउँछ र रोजगारीको व्यवस्था राम्रो हुन्छ । आज हजारौं युवाहरु विदेशीनु पर्ने अवस्था थिएनन् । विदेशी मुद्रा आर्जन गर्ने धार्मिक तथा पर्यटकिय क्षेत्रहरु प्रशस्तै रहेका छन् । हुम्ला र र्दाचुला विच अवस्थीत शैपालहिमाल, मुगुमा अवस्थित रारा ताल, कर्णालीको शिर कैलाश पर्वत, मानसरोवर ताल, कालीकोट र बाजुरा विच वडीमालिकादेवीको मन्दिर खस साम्राज्य दरवार सिंजा उपत्यका, कालिकोट सान्नीको तिखाशुल्ली दरवार, कालीकोट अवस्थित मनुको दरवार, अछामको रामेरोशन ताल, सुर्खेत अवस्थित अशोक चल्लको ऐतिहासिक दरवार बोन धर्मका धर्म गुरु आश्रम रैलुङ गुम्बा, डोल्पा अवस्थित शेफोक्सुन्डो ताल, इन्द्रदेवकी धर्मपत्नि कन्कासुन्दरी मन्दिर, कैलाली अवस्थित संसार चरा चुरुङ्गी पाउने ठाँउ घोडाघोडी ताल आदि थुप्रै धार्मिक तथा पर्यटकिय क्षेत्रहरुलाई पर्यटकिय गुरु योजना बनाउने हो भने स्थानिय साथै राज्यले पनि थुप्रै विदेशी पैसा आर्जन गर्न सक्दछ ।

तर, विडम्वना यस्ता थुप्रै कार्यक्रम ल्याउन छन् तर ति र्कायक्रम सदुपयोग भने हुने गरेको छैन । बजेट विनियोजन हुन्छ तर, त्यो बजेट काहाँ कसरी खर्च हुन्छ त्यो कसैले थाहा पाउदैनन । यस्तो अवस्थामा देश वा क्षेत्रको विकास कसरी हुन सक्छ ? यसर्थ राज्य व्यवस्थाको मात्रै कमजोरी छैन, आम नागरिकहरु वुद्धिजीवीहरु राजनैतिक दलका कार्यकर्ताहरु, जनप्रतिनिधि पनि समग्र विकास, प्रगति बाटोमा नभएर आर्थिक लाभ कसरी गर्ने भन्ने सोच नभएसम्म हाम्रो देश, क्षेत्र माथि उठ्न सक्दैन । त्यसैले आमनागरिक हामीहरुले सकारात्मक सोच राखी देश निर्माण, आफ्नो समाज, क्षेत्र निर्माणतिर जुट्न आवश्यक देखिन्छ । विडम्वना आम्रो देशमा उही सिद्धान्त, उही विचार तर कुर्सी र सत्तामोहले गर्दा देश वर्वाद पार्ने काम गरेको छ । अरुले नागरिक र दुरदृष्टि नेतृत्व बनाउने काममा आज बाटै लागौ आफ्नो क्षेत्र, देश निर्माणमा जुटौं, राज्यलाई सहि बाटो हिडाँऔं ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV