१३७ किमी सडकको ट्र्याक तयार

- September 24, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

खलङ्गा : पूर्वाधार विकास कार्यालय जुम्लाले हालसम्म जिल्लामा १३७ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्र्याक खुलाएको छ । कार्यालय प्रमुख रुपबहादुर रावलले भन्नुभयो,“हालसम्म १३७ किमी नयाँ सडकको ट्र्याक खुलाएका छौँ ” कार्यालयका अनुसार  सडक स्तरोन्नति चांैडा र रिटेनिङगवाल ५६ किमी, सडकको पक्की नाला १९ किमी, ग्राबेल सडक २० किमी र दलान सडक १.३५ किमी बनेको छ ।  जिल्लाको  हिमा  गाउँपालिकाका चिउडी र मसानटाडामा दुई झोलुङ्गे पुल , साविकको ताम्ती गाविस हुँदै  जाजरकोट जिल्ला जोड्ने पक्की पुल तथा चन्दननाथ नगरपालिकास्थित दानसाघुमा गुठीचौर गाउँपालिका हँुदै डोल्पा जोड्ने पक्की पुल निर्माण भएको जनाइएको छ ।  जिल्लाका आठवटै स्थानीय तहमा  जनता आवास अन्तर्गत २५०  घर निर्माण भएको कार्यालय प्रमुख रावलले बताउनुभयो । आव २०७७÷७८ मा रु ५० करोड विनियोजित बजेटमध्ये रु ४५ करोड खर्च भएको कार्यालयले जनाएको छ । विसं २०७५ पुस १५  मा जिल्लामा सो कार्यालय  स्थापना भएकोे थियो ।

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV