थप १४७६ सङ्क्रमित, ९ को मृत्यु

- September 24, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।पिसिआर विधिबाट १० हजार ५ सय ७५ जना र एन्टिजेनबाट ५११५ जनाको परीक्षण भएको छ। त्यस्तै, १ हजार ५ सय ५० संक्रमित निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८१ जनाको मृत्यु भएको छ। यस्तै, काठमाडौं उपत्यकामा थप ३६४ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका २५६ , ललितपुरका ७३ र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV