थप १२३९ सङ्क्रमित, १३ को मृत्यु

- September 23, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३९ जना कोरोना भाइरस संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा १ हजार ३ सय २४ जना संक्रमणमुक्त भएका छन् । योसँग ७ लाख ५६ हजार ९५४ जना निको भइसकेका छन् । आज संक्रमणबाट थप १३ जनाले ज्यान गुमाएका छन् । हालसम्म ११ हजार ७२ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै, काठमाडौं उपत्यकामा ४०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २४५ भक्तपुरमा ५२ र ललितपुरमा १०७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV