सिन्धु रेडक्रसका सभापतिको आक्रोस : ‘भक्तपुरको घर हेर्न हेलिकप्टर लिएर आउनु’ (अडियो सहित)

- September 23, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

सिन्धुपाल्चोक । रेडक्रसको नाम सुन्नेबित्तिकै सबैले श्रद्धा र सम्मान गर्ने सस्था भएपनि आजिवन सभापति रहेका नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभँडेलले तीव्रखबरमा आएको समाचारप्रति आक्रोस पोखेका छन् । सभापति ताल्चाभँडेलकै कारण रेडक्रसको नाम लिने वित्तिकै अनियमितता र व्यक्तीगत मनोमानीले पराकाष्टा नाघेको रुपमा चित्रण गरिदै आएको छ ।

सोही सम्बन्धमा सभापति ताल्चाभँडेलले यस अघि प्रकाशित समाचारलाई लिएर तीव्रखबरमा फोन गरि आक्रोश पोखेका छन् । उनले फोनमा भने,‘भक्तपुरमा मैले ठूलो घर बनाएको छु, मेरो ठूलो घर छ की, अस्ती भुकम्पको पैसाले बनाएको पाँचतारे घर छ, त्यहाँ हेलिकप्टर लिएर आउनु है तीव्रखबर’ भन्दै फोन उनैले काटे ।

(सुन्नुहोस उहाँको आक्रोश)

स्मरण रहोस् :२०७२ सालमा भुकम्पले पु¥याएको क्षतिलाई माध्यम बनाई सिन्धुपाल्चोकभरि नै राहत र नगद सहयोग गरेको भन्दै नक्कली विवरण तयार गरी अनियमितता हुँदै आएको आरोप लागेको छ ।

तीव्रखबर डटकमको कार्यालयमा ढिलागरि प्राप्त कागजात अनुसार रेडक्रसको नाममा आजिवन अध्यक्ष रहेका ताल्चाभँडेल र सो समितिका महामन्त्री कमलचरण कक्षपतिबीचको अबैध साँठगाँठमा रेडक्रमको नाममा अनियमितता हुँदै आएको आरोप उनीहरुमाथी लाग्दै आएको छ । सो समयमा रेडक्रसमा कति राहत सामाग्री आयो र कति वितरण भयो भन्ने रेकर्ड नै शाखाले राखिएको भेटिएन । ताल्चाभँडेल र कक्षपतिकै अनुसार आफुखुसी ढंगले राहत सामग्री वितरण गर्दै सामाग्री लिनेको सूचीमा भने हजारौ जनाको नाम समाबेश गरिएको समेत पाईएको छ ।

गाउँमा भूकम्प एवं बाढी पीडितहरु तत्कालिन समयमा खुला आकशमा बस्न बाध्यभएको मौका छोप्दै जिल्ला रेडक्रम सिन्धुपाल्चोकले भने सो दुखत समयलाई देखाउदै कमाउधन्दाको रुपमा लिएको समेत पाइएको छ । जिल्ला रेडक्रसका मन्त्री कक्षपति भने आफुहरुले सबै काम पारदर्शी रुपमा गरेको दाबी गदैआएका छन् ।  जिल्ला सभापति ताल्चाभडेलको भक्तपुरमा रहेको घर भुकम्पले क्षति भएपछि त्यसको मर्मतका लागिसमेत रेडक्रसबाटै रकम निकासा गरेर महल बनाएको आरोप समेत लागेको छ ।

रेडक्रसमा आएको राहत सामग्री पारदर्शी रुपमा सत्यतथ्य बाहिर नल्याई सभापति ताल्चाभँडेल भने धरैजसो काठमाडौंमा बस्दै आएका छन् । उनी जिल्लामा जाँदा समेत एक समुहको बीचमा रहेर जाने गरेको समेत बताईको छ । अन्तरािष्ट्रय संस्थाले दिने सामाग्रीको सही उपयोग हुनुपर्नेमा त्यसो नभई दुरुपयोग गर्दै रेडक्रस जस्तो ‘भ्रष्ट’ संस्थाको रुपमा समेत परिचय बनाएको आरोप आजिवन सदस्यहरुले लगाएका छन् ।

र यो पनि…

रेडक्रसका प्रमुख नै भ्रष्ट भएपछि…

सिन्धु रेडक्रसमा अनियमितताको पराकाष्ट : ताल्चाभडेल र कक्षपतिको मनोमानी

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV