गायक प्रमोद खरेलको आवाजमा ‘बैगुनी’ (भिडियो सहित)

- July 22, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प
काठमाण्डौं ।
नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘बैगुनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
नेपालको गुल्मीमा जन्मिएर कर्मथलो बेलायत बर्नाएका मैथानेले हालसम्म डेढ दर्जन गीतहरु बजारमा ल्याइसकेका छन् । बेलायतबाट कलाकार दिपक मैथाने मगरको आफ्नो जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोशेली ‘बैगुनी’ सार्वजनिक गरेका हुन् । मैथाने इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको गीतमा प्रेम पछिको विछोडलाई समेटिएको छ । दिपक मैथाने मगरको शब्द विलान थापाको संगीत साथै एरेन्ज गीतमा रहेको छ । भिडियोमा मनिश श्रेष्ठ, आस्था जोशी, सन्तोष राई र अर्जुन लिम्बूले मोडलिङ अभिनय देख्न सकिन्छ । कुशल श्रेष्ठले भिडियोमा निर्देशन तथा सम्पादन गरेका छन ।

‘बैगुनी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/embed/X_PlZqoQDno

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV