थप खोप लिन निगमको जहाज आज राति चीन जाँदै

- July 21, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प
काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको जहाज आज राति चीन जाँदैछ । चीनसँग खरिद गरिएको खोप लिन आज राति ११ बजे जहाज चीन पठाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । आज राति चीन प्रस्थान गर्ने जहाज खोप लिएर बिहीबार दिउँसो २ बजे नेपाल आइपुग्ने कार्यतालिका छ । त्यसैगरी, बिहीबार राति ११ बजे फेरि सोही जहाज बाँकी खोप लिन चीन जाने पौडेलले जानकारी दिनुभयो । चीनबाट अनुदानसहित ४८ लाख डोज खोप नेपाल आउने निश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप नेपाल ल्याइसक्ने तयारी छ । पछिल्लो समय चीनले थप १८ लाख डोज खोप अनुदानमा दिएको छ । गएको असार २५ गते आठ लाख मात्रा खोप नेपाल ल्याइएको थियो ।

 

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV