सन् २०३२ को ओलम्पिक खेल अस्ट्रेलियाको ब्रिसबेनमा

- July 21, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प
सन् २०३२ को ओलम्पिक खेल अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) का अनुसार अस्ट्रेलियामा तेस्रो पटक ओलम्पिक हुने पक्का भएको हो । १९५६ मा मेलवर्न र २००० मा सिड्नीमा ओलम्पिक खेलको आयोजना भएको थियो। टोकियोमा बुधबार सन् २०३२ को ओलम्पिक आयोजक छान्न भएको भोटिङ भएको थियो । जापानको टोकियोमा भएको भोटिङमा ब्रिसबेनको पक्षमा बढी मत आएका पछि उक्त स्थना छनोट भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन । यो ओलम्पिकका लागि ५ बिलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ। त्यसअघि सन् २०२४ मा फ्रान्सको पेरिस र सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा ओलम्पिक आयोजना हुनेछ। कोरोना भाइरसले प्रभावित सन् २०२० को टोकियो ओलम्पिक एक वर्ष ढिलो गरी पर्सी बिहीबारदेखि सुरु हुँदैछ । एजेन्सी ।

 

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV