बाघको छालासहित दुई जना पक्राउ

- July 21, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

देउखुरी : बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताउनुभयो । अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला खटिएका प्रहरीे टोलीले शङ्का लागि खानतलासी गर्दा  पाँच फिट दुई इन्च लामो बाघको छाला ४ इन्च  लामो   नङ्ग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरुलाई  पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ ।

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV