चेम्बरको उपभोक्ताहित, आपूति समितिमा श्रेष्ठ चयन

- July 20, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स कार्य समिति सदस्य देवेन्द्रभक्त श्रेष्ठलाई  उपभोक्ताहित, आपूर्ति, स्थानिय निकाय तथा स्थानिय प्रशासन समन्वय समितिमा मनोनयन गरिएको छ । उतm समितिको सल्लाहकारमा योगेन्द्र गौचन, सहसभापतिमा, प्रदिपलाल श्रेष्ठ रहेका छन् । सदस्यहरुमा क्रमस : अमर बाँनिया, ओमप्रकाश वंशल, नरेश शाही, प्रेमबहादुर श्रेष्ठ, लवकुमार श्रेष्ठ, चन्द्रबहादुर थापा, राजमान डंगोल, प्रमोद गुप्ता, अनिल शर्मा, राजकुमार दाहाल, शुभेन्द्र जोशी, राकेशकुमार गुप्ता मनोनयन भएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले जनाएका छन् । चेम्बका अध्यक्ष मल्लले यस समितिमा उपभोक्ताहित, आपूर्ति, स्थानिय निकाय तथा स्थानिय प्रशासन समन्वय क्षेत्रमा लामो अनुभव हासिल गरेका महानुभावहरुको प्रतिनिधित्व भएकोले चेम्बरको उपभोक्ता हित तथा आपूर्ति सम्बन्धी कार्यमा उल्लेखनिय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राखेका छन् ।

 

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV