मेयर थापाले गान्धी स्कुलमा गरेको अबैध कार्य विरुद्ध आन्दोलन

- July 18, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

काठमाडौं । विद्यालयको विषयमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले गरेका गलत निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने आन्दोलनरत पक्षको जनाएको छ । नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ इकाईको आयोजनामा शुरु भएको सप्ताहब्यापी आन्दोलनको तेश्रो दिन आइतबार विद्यालय क्षेत्रमा मेयर थापा विरुद्ध धर्ना र विरोध कार्याक्रम गरेको छ । विरोध कार्यक्रममा इकाई सभापति अनिल थापाले आफुहरु वार्ताको लागी सधै तयार भएपनि मेयर थापाले मनोमानी ढंगबाट निर्णय गरेर मुठभेड निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

उनले भने,‘अनावश्यक रुपमा र गैरकानुनी रुपमा शिक्षा ऐन संसोधन गरेर ब्यवस्थापन समिति विघटन गर्न खोज्ने, प्रधानाध्यापकलाई गैरकानुनी रुपमा हटाएर आफनो कार्यकर्तालाई जागिर दिन खोज्ने मेयरको हर्कत विरुद्ध हामी उत्रेका हौ, विधानसम्मत काम गर्नुहोस् हामी सहयोग गर्छौ । अन्यथा हामी तपाईको विरुद्धमा सधै रहन्छौ ।’ उनले भने,‘मेयरले विद्यालयका बारेमा गरेका भ्रामक सुचनाका विषयमा संचार माध्यमहरुले समेत सत्य तथ्य पुष्टि गर्नु पर्ने अवस्था आएको छ ।

मेयरले संचार माध्यममा विद्यालयको खाता र प्रधानाध्यापकको विषयमा दिएको भ्रामक अभिब्यक्ति पुष्टि गर्न पनि म चुनौति दिन चाहान्छु ।’ आइतवारको विरोध कार्यक्रममा स्थानिय अभिभावक, विभिन्न राजनैतिक दलका नेता र कार्यकर्ता तथा पूर्व विद्यार्थीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । सो विद्यालयका प्रधानाध्यापक गणेश चन्दले नगरपालिकाले वैधानिक निर्णय गरे आफुलाई मान्य हुने बताए । उनले भने,‘विधिसम्मत जो प्रधानाध्यापक आए म ससम्मान छाड्न र उहाँलाई स्वागत गर्न तयार छु । यत्रो बर्षदेखी आर्जन गरेको सम्मान गुमाएर म कसरी स्कुल छाडेर हिड्नु, मेयरले म माथी अन्याय गरे । यसमा मलाई दुख लागेको छ ।’

सो विद्यालयको ब्यवस्थापन समितिका सदस्य तथा नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का इकाई सभापति भिम थापाले मेयरले विगत देखी अहिलेसम्म एक पछि अर्को गर्दै गैर कानुनी काम गरेको आरोप लगाए । उनले भने,‘ विद्यालयलाई राजनीति गर्ने र आफनो गुटको कार्यकर्ता पोस्ने थलो बनाउन खोज्नु गलत हो ।’  विद्यालय ब्यवस्थापन समितिका पूर्वसदस्य तथा समाजसेवी सानुभाई थापा (ओम गुन्जा) ले मेयरको हर्कतले आफुलाई पनि चकित पारेको बताए ।

उनले भने,‘नाताले मेरो आफनै भतिज मेयरबाट यस्तो काम होला भन्ने लागेको थिएन, मलाई पनि दुख लाग्यो । बेलैमा गलत निर्णय सच्च्याउन म मेयर थापालाई आग्रह पनि गर्न चाहान्छु ।’  सप्ताहब्यापी आन्दोलन अन्तर्गत सोमबार पनि विहान ९ बजेदेखी विरोध कार्यक्रम गरिने आयोजकहरुले जनाएका छन् । सोमवार विहान स्थानिय अभिभावक र स्थानिय बासिन्दाको उपस्थितिमा विरोध कार्यक्रम गरिने सभापति थापाले जानकारी दिए । विरोध कार्यक्रममा स्थानिय बासिन्दाले दिएको समर्थनले आफु उत्साही भएको पनि थापाले जनाए ।

कागेश्वरी मनोहराका मेयर थापा विरुद्ध कांग्रेस आन्दोलित

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV