सरस्वती मावि ग्याल्थुम स्कूल जोगाउन पूर्वविद्यार्थीको सहयोग

- July 18, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

ग्याल्थुम (सिन्धुपाल्चोक) । गत असार १ गते मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगमा रहेको पुरानो इतिहाँस बोकेको विद्यालय अहिले संकटमा परेको छ । मेलम्ची खोलामा आएको बाढीका कारण करिव ५ सय मिटरभन्दा परको खोला अहिले सरस्वती माध्यामिक विद्यालय ग्याल्थुम नजिकैबाट बग्न थालेसंगै सो विद्यालय संकटमा परेको हो । मेलम्ची खोलाले दैनिक रुपमा कटान गरि रहेकाले सो कटान रोक्न बाँध बास्नेदेखि विद्यालय भबन समेत मर्मत गर्नु पर्ने भएपछि अहिले मनकारी सहयोगीहरुको साथ विद्यालयले खोजि रहेको छ ।

सोही सहयोगको आब्हान पछि विभिन्न क्षेत्र र व्यक्तीबाट समेत सहयोग उपलव्ध गराउने कार्य जारी रहेको छ । यसैक्रममा यस क्षेत्रकै शैक्षिक धरोहरका रुपमा रहेको सरस्वती मावि विनाशकारी बाढीबाट उच्च जोखिममा परेपछि भौतिक संरचना संरक्षणकालागि सरस्वती मावि ‘भूतपुर्व विद्यार्थी समाज २०५४ व्याच’ ले रकम संकलन गरि विद्यालयलाई बुझाएको छ । सो समाजले विद्यालयका नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

पुर्वविद्यार्थी कुलचन्द्र थापा, मणिराम खनाल र चक्रपाणी सिग्देलको विशेष संयोजकत्वमा सो सहयोग संकलन गरिएको थियो । भने सोही व्याजकै ३ जना विद्यार्थीलाई पनि आर्थिक सहयोग गरेको संयोजक थापाले बताएका छन् । संयोजक थापाका अनुसार १ जना शारिरिक असक्तता र २ जना बाढीपहिरो पीडित विद्यार्थिलाई सहयोग उपलव्ध गराएको छ । सो सहयोग हस्तान्तरण कार्यक्रममा सो विद्यालयले २०३८ सालेखि २०७८ सालसम्मका भुतपूर्व विद्यार्थी समाज समेत गठन गर्ने प्रकृया अगाडी बढाएको जनाएको छ । भने भूतपुर्व विद्यार्थी समाज २०५४ व्याच’ बाट गरेको सहयोग विद्यालयकालागि ऐतिहासिक भएको समेत बताइएको छ ।

सहयोगकर्ताको सूची

साथै सोही समयमा राधिका खड्काको संयोजकत्वमा अन्य ब्याचका पूर्वविद्यार्थीबाट संकलन गरेको २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको विद्यालय परिवारले जनाएको छ ।  मेलम्ची बाढीबाट असाध्यै जोखिममा रहेको सिन्धुपाल्चोक जिल्लाकै ऐतिहासिक विद्यालय सरस्वती माध्यामिक बिद्यालय (ग्याल्थुम स्कुल) को महत्वपूर्ण भौतिक संरचना जोगाई राख्न त्यस क्षेत्रका सरोकारवालाहरुबाट मात्र नपुग्ने भएपछि पूर्वविद्यार्थीहरुको तर्फबाट पनि सानो सहयोग गरेको पुर्वविद्यार्थी कुलचन्द्र थापाले बताएका छन् ।

पुर्वविद्यार्थी थापाले भने,‘नदिले तिब्र गतिमा कटान गरिरहेको कारण ग्याल्थुम बजार सहित सरस्वती माबि (हाम्रो ग्याल्थुम स्कुल) बगरमा परिणत हुने क्रममा रहेको छ,त्यसैले यस ऐतिहासिक बिद्यालयको संरक्षणमा सहयोग गर्दै हजारौ विद्यार्थीको भविष्य निर्माणमा सहभागी भईदिनु हुन समस्त देश विदेशमा रहनु भएका भूपू बिद्यार्थीहरु, शिक्षकहरु, अभिभावकहरु तथा समाजसेवी सम्पुर्ण साथिभाई तथा आफन्तजनहरुमा यथासक्य आर्थिक सहयोगको लागि हार्दिक अपिल गर्दछौ ।’

यसैगरी, दुबईमा कार्यरत सिन्धुपाल्चोकबासी युवाहरुद्वारा सिन्धुपाल्चोक बाढीपहिरो पीडित राहत तथा पुनःस्थापना कोषमा आर्थिक सहयोग रकम जम्मा गरिएको छ । उक्त बिपत्ति लाई मध्यनजर गर्दै सिन्धुपाल्चोक बासी स्याङतन कर्म (राम) र बसन्त तामाङले ‘मेलम्ची र हेलम्बुको आवश्यकता हाम्रो एकबद्धता अभियान’ बाट संकलन भएको रकम मेलम्ची नगरपालिका बाढी पीडित राहत तथा पुनःस्थापना कोषमा ३० हजार, हेलम्बु गाउँपालिका बाढी पीडित राहत तथा पुनःस्थापना कोषमा ३० हजार, र तेर्से माध्यामिकलाई तत्काल कक्षाकोठा व्यवस्थापनका लागि १० हजार र सरस्वती मावि संरक्षणका निम्ति १० हजार रुपैष्याँ सहयोग गरेको छ । यसैबीच, सासद तथा ग्याल्थुम स्कुलका पूर्वविद्यार्थी समेत रहेका शेरबहादुर तामाङको नेतृत्वमा सरस्वती मावि ग्याल्थुम बजार संरक्षण समितिलाई २ लाख ४० हजार रुपैयाँ राहत सहयोग प्रदान गरेका छन् ।

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV