एशियन च्याम्पियनसिप खेल्नबाट नेपाल बञ्चित

- July 16, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

काठमाडौं । मित्र राष्ट्र फिलिपिन्समा मिति २०७८ भाद्र १३ देखि २० (अगष्ट २९ देखि सेप्टेम्बर ५, २०२१) सम्म आयोजना हुने २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप २०२१ खेल्नबाट बञ्चित भएको छ । नेपालको महिला टिमको पहिलो पटक यस्तो ठुलो प्रतियोगितामा तथा ठुला राष्ट्रहरु संग प्रतिस्पर्धा गरि अनुभव बटुल्ने ईच्छा र चाहनामा तुषारापात भएको छ । कोभिड १९ को नयाँ भेरियन्टको अति सम्वेदनशिल क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासंघ मार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल संघले जनाएको छ । यसले नेपाली महिला भलिबल टिमको भावनामा चोट पुग्न गएको छ । नेपाली खेलाडीहरुले यति ठुलो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउनका लागि ठुलै तयारी गरिरहेको थियो । यसका साथै नेपाली महिला भलिबल खेलाडीहरुको बन्द प्रशिक्षण पनि स्थगित गरिएको संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

ट्राईयाथलन संघको अध्यक्षलाई शुभकामना सहित बिदाई
नेपाल ट्राईयाथलन संघले जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० मा सहभागि हुन जान लागेका संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठलाई अनलाईन बैठक मार्फत सफलताको शुभकामना सहित बिदाई गरेको छ ।अध्यक्षलाई बिदाई गर्दै संघका महासचिव युवराज सुनुवार सहित संघका कोषाध्यक्ष, सदस्य, प्रशिक्षक, निर्णायकहरुले टोकियो ओलम्पिकमा सहभागी हुने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अन्य पदाधिकारी तथा सदस्यहरुलाई सफलताको शुभकामना प्रदान गर्दै अध्यक्ष श्रेष्ठलाई त्यहाँ रहँदा नेपालमा ट्राईयाथलन खेलको विकास र विस्तारका लागि अझ बढि कार्यक्रमहरु ल्याउन पहल गर्न र त्यसको सफलताको लागि शुभकामना ब्यक्त गरेको हो । बैठकमा बोल्दै संघका अध्यक्ष श्रेष्ठले टोकियो ओलम्पिकका क्रममा ट्राईयाथलनले सन् २०२८ मा आयोजना हुने ओलम्पिकका लागि लक्ष राख्दै विभिन्न योजनाहरुको लागि पहिल र प्रयास गर्ने बताए । उनले ट्राईयाथलन संघ एक विवाद रहित संघ रहेको र यसको विकासमा यस संग सम्वन्धित सवै एकै परिवार भएर अगाडी बढेका कारणनै संघ मजुवत भएको र निकै छोटो समयमै प्राविधिक दक्ष जनशक्ति तयार गर्नुका साथै दक्षिण एशियाली खेलकुदमा स्वर्ण हात पार्न सफल भएको र एशियन कप जस्तो ठुलो प्रतियोगिता गर्न सक्षम भएको बताए । उनले नेपाली प्राविधिकहरुको उच्च मनोवल र कार्य गर्ने शैली प्रति अन्तराष्ट्रिय संस्थाहरु प्नि प्रभावित भएको भन्दै बिदेशमा पनि नेपाली प्राविधिकहरुको चर्चा रहेको बताए । अध्यक्ष श्रेष्ठ सोमबार जापान तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV