संघाई ग्रुपद्वारा कोरोना गार्डको नाममा अबैधधन्दा

- July 16, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

रोशन कार्की

काठमाडौँ । विश्वमा फैलिएको कोरोना भाइसरको सक्रमणका नाममा आफुलाई ठूला उद्योगीको हँुकार गर्नेबाट नै अबैधधन्दा चलाउदै व्यापारको माध्याम बनाएको भेटिएको छ । विश्वमा अहिले सम्म कोरोना भाइरस निको बनाउने कुनै पनि औषधी समेत उत्पादन नभएको अबस्थामा नेपालमा भने सो भाइरसलाई रोग भएको र सो बाट बच्न आफुखुशी गुणस्तहिन बस्तुको उत्पादन गरि मंहगोमा बिक्री गर्दै उपभोक्ता ठगी समेत हुदै आएको छ ।

भ्रामक प्रचार गर्दै उपभोक्ता ठगी गर्दापनि सरकारी निकाय मौन !!!

संसदमा पनि सांसदहरुले कोरोना भगाउने कार्ड घाँटीमा झुण्ड्याएर आएका थिए

यसैबीच कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सुरक्षित रहनका लागि सबैभन्दा भरपर्दो माध्यम मास्क, भौतिक दूरी र खोपमा भएकोमा सो समेतलाई भ्रामक प्रचार गरेर त्रिबेणी समुह अन्तरगतको संघाई समुहले अबैध कारोबारनै गर्दै आएको भेटिएको छ । गैरकानुनी तबरबाट सो समुहले आफ्ना गुणस्तहिन र सरकारी निकायबाट कुनै अनुमति नलिई उत्पादन गरेका सामग्री बिक्री गर्न भ्रामक प्रचार गर्दै आएको छ । उसले मास्कको विकल्पका रुपमा अवैध कोरोनागार्ड भएको भन्दै भ्रामक विज्ञापन गर्दै आएपनि सो बारे सरकारी निकायको भने कुनै ध्यान गरेको छैन ।

सरकारी निकायमा विभिन्न मुद्दा परेका सो ग्रुपले शक्ति र पैसाकै आँडमा अबैधधन्दा चलाउदै आएको छ भने लामो समयदेखि सरकारी ढुकुटीमा बुझाउनु पर्ने कर, राजश्व, आयकर छली गर्दै आएको छ भने नक्कली मुल्यअभिबृद्धिक कर (भ्याट) बीलमार्फत कारोबार गर्दै आएको छ । विश्वभर कोभिड महामारी रहेको समयमा यसको नियन्त्रणको उपाय खोजी भइरहेको अबस्थामा व्यापारिक घराना समूह संघाईले भने खुलारुपमै विज्ञापन गरेर अबैधधन्दा चलाउदा समेत कारबाहीको भागीदार अझै सम्म हुन सकेको छैन ।

सो समुहले ‘कोरोनागार्ड’ नामक गैरकानुनी उपकरणबारे भ्राकम विज्ञापन मुलधारकै सञ्चारमाध्यममा छपाउदै आएको छ । विद्यमान ऐन अनुसार कोही कसैले पनि जनस्वास्थ्यको विषयमा अफवाह फैलाउने गरी विज्ञापन गर्न पाइदैन । तर सो ऐनलाई समेत लत्याउदै महामारीलाई कमाईको भाँडो बनाउदै संघाई समुहले आफ्ना निजी स्वार्थका लागि विभिन्न सञ्चारमाध्यममा जनस्वास्थ्यको मापदण्ड र संक्रामक ऐन विपरीत भ्रामक विज्ञापन गरिरहेको छ ।

पत्रकार आचार संहिता, २०७३ को ‘पत्रकार र सञ्चारमाध्यमको कर्तव्य’ विपरित छापिएको भ्रामक विज्ञापन रातोघेरा भित्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई भ्रममा राख्ने गरी विज्ञापन गर्न नपाइने भन्दै त्यस्ता सामग्री खरिद नगर्नलाई आग्रह गरिसकेको जनाएपनि विद्यमान ऐन विपरित भ्रामक विज्ञापन गर्ने संघाई समुहमाथी भने कुनै पनि कारबाही अहिलेसम्म गर्ने आँट सरकारसंग छैन ।  केही दिनदेखि कोरोनागार्डको भ्राकम विज्ञापन विभिन्न सञ्चारमाध्यममा छापिदै आएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अनुसार सञ्चारमाध्यमले समेत जनस्वास्थ्यको मापदण्डविपरीत र पाठक तथा दर्शकलाई भ्रममा राख्नेगरी विज्ञापन गर्न नपाइने व्यवस्था भएपनि सो ऐनलाई समेत लत्याउदै सञ्चार गृहसमेतले पैसाकै लागि भ्रामक विज्ञापन छाप्दै आएको छ ।

भ्रामक विज्ञापन छाप्ने सञ्चार गृहलाई कारबाही गर्न प्रेस काउन्सिललाई पत्रचार गरेपनि भ्रामक विज्ञापन छपाउने संघाई समुहलाई भने मन्त्रालयबाट उन्मुक्ति दिएको छ ।  संघाईले विज्ञापनमा कोभिड तुरुन्त निष्क्रिय भई एक हजार स्क्वायर फिट क्षेत्रफलभित्रका जीवजन्तुहरू भाइरसको प्रकोपमा नपर्ने दाबी गर्दै आएको छ ।  सो भ्रामक विज्ञापनलाई सञ्चार माध्यामले समाचार शैलीमा विज्ञापन छापेको छ । जुन विद्यमान पत्रकार आचार संहिता विपरित रहेको छ ।

विज्ञापन ठूलो व्यापारिक घराना संघाई परिवारद्वारा सञ्चालित त्रिवेणी समूहको त्रिवेणी व्यापार कम्पनीले छपाएको छ । त्रिवेणी समूहले आफूले कोरोनागार्डको व्यापार गर्दै आएको विज्ञापनमा उल्लेख गरेको छ । संघाईले सो अबैध व्यापार रामचन्द्र संघाईका छोराले हेर्दै आएको छ । युरेका फोब्र्स नामक कम्पनीको हवला दिदै सो समुहले तथाकथित आफूलाई नेपालमा कोरोनागार्डको बिक्री वितरणका लागि आधिकारिक विक्रेताको दाबी समेत गरेको छ । सो सम्बन्धमा पटक पटक त्रिवेणी ग्रुपका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाईलाई पटकपटक फोन सम्र्पक गर्दा समेत उनले फोन रिसिभ गरेनन् । सो अबैधधन्दाको सम्बन्धमा थप विवरणको खोजी कार्य तीव्रखबरले जारी राखेको छ ।

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV