चेम्बरको निर्यात प्रवद्र्धन समितिको सभापतिमा सुरेन्द्र भाई

- July 15, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको निर्यात प्रवद्र्धन समितिको सभापतिमा सुरेन्द्र भाई शाक्यलाई नियुक्त गरिएको छ । सो समितिको सल्लाहकारमा शरदविक्रम राणा, सह सभापतिमा बिनोद मल्ल, तथा सदस्यहरुमा क्रमश रविन्द्र शाक्य, महेश्वर श्रेष्ठ, जीवनरत्न शाक्य, रेशमबहादुर पोखरेल, सुषमा शर्मा, मीलनविर मालाकार रहेको चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले बताएका छन् ।

नव मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दैै चेम्बरका अध्यक्ष मल्लले यस समितिमा निर्यात प्रवद्र्धन क्षेत्रमा लामो अनुभव हाशिल गरेका महानुभावहरुको प्रतिनिधित्व भएकोले निर्यात प्रवद्र्धन क्षेत्रमा चेम्बरले गरिने पहलको लागि उल्लेखनिय भूमिका निर्वाह गर्ने बताएका छन् ।

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV