मेलम्ची खोलाले आफ्नै घरखेत बगाएका ‘सागर श्रेष्ठ’ समाजसेवामै तल्लिन

- June 22, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

सिन्धुपाल्चोक (मेलम्ची) गत असार १ गते साँझ पौने सात बजे एकाएक मेलम्ची नदी र इन्द्रबती नदीको आवाजमा एकाएक परिवर्तन आयो । सदाझै आउने आवाज त्यसदिन डरलाग्दो भयो नभन्दै राति सिन्धुपाल्चोकको पश्चिमी क्षेत्र एकाएक मेलम्ची खोलाको ताण्डव नै मञ्चायो । दुई खोलाले हेलम्बु, चनौटे, ग्याल्थुम, तालामाराङ हुदै मेलम्ची बजारलाई क्षतविक्षद् बनायो । त्यसको मारमा सयौ घरपरिबार पीडित बने । जनधनको क्षति भयो । जनको क्षतिको तथ्य विवरण अझै आएको छैन तर धनको भने करोडौ रुपैयाँको हुन पुगेको छ ।

सो दिन आएको इन्द्रावती र मेलम्ची नदीको बाढीका कारण । बजार पसेसँगै नदीले आफ्नो रौद्र रूप देखाउदै गयो । ७ जनाको मृत्यु भएको भनिएको छ । १ सयभन्दा बढी घर डुबानमा परे । कति घर भत्कियो भने कतिको घरको छतमात्र देखिएको छ । सयौं रोपनी खेतीयोग्य जमिन बगर बन्यो । बाढीले अस्तव्यस्त बनाएको मेलम्ची बजारमा पुगेर रिपोर्टिङ गर्नेक्रममा एक रातोघर अहिले खोलाको विचमा देखिन्छ । जुन घर हो त्यस क्षेत्रको पहिलो ४ तारे होटल सञ्चालन गर्ने गरि बनाएको घर ।

जुन घरमा नेपाली कलात्मक इट्टादेखि डिजाईन समेत गरिदै थियो । एक वर्ष अघिनै सञ्चालनमा आउने सो होटल कोरोनाका कारण लगाएको लकडाउन र निषेधाज्ञाले गर्दा सञ्चालनमा आएको थिएन । यस वर्ष होटल पूर्णरुपमा सञ्चालनमा ल्याउने भन्दै सवै ध्यान सोही होटलमा लगाएर लगानी गरेका थिए मेलम्ची नगरपालिका मेलम्चीकै स्थानीय समाजसेवी युवा सागर श्रेष्ठ । श्रेष्ठले २ महिनाअघि भनेका थिए अब एक/दुई महिनाभित्र पूर्ण सुविधासम्पन्न होटल सञ्चालन गर्ने छु र स्थानीय बासिन्दालाई नै रोजगारीकालागि पहिलो प्राथमिकता दिएको छु । भलिबल र मार्सलआर्टका राम्रा खेलाडी भएका कारण खिरिलो ज्यानका श्रेष्ठ समाजसेवामा पनि सकृयबन्दै आएका थिए ।

सो क्षेत्रमा परेका स्वास्थ्यका सम्बन्धमा होस या भुकम्पले घरभत्काएपछि बनाउन नसक्नेलाई घर बनाएर होस केही न केही गर्दै आएका श्रेष्ठ अहिले आफै घर न घाट को हुन पुगे बाढी पहिरोका कारण । उनको बस्ने घर र करिव ३० करोडभन्दा बढी लगानी गरेर बनाएको होटल दुवै खोलाले नियन्त्रणमा लियो । अहिले सो घर र होटललाई हेर्नु बाहेक केही गर्न सकिएको छैन । मनमा दुःखका भेल नथामिसक्नु गरि मडारिएको छ । बैंकको करोडौ ऋणको मिटर घुमिरहेको छ अर्कोतर्फ होटल सञ्चालनमा ल्याउन पूर्व मेलम्ची र इन्द्रावती खोलाको वितण्डामा परेर सवै सपना चकानाचुर बनाएको छ । तर पनि मनमा दुख भएपनि मनमै दवाएर या दुखित भएर बस्न उनको मनले मानेन् ।

३० करोडभन्दा बढी लगानी गरेर बनाएको होटल दुवै खोलाको नियन्त्रणमा (रातो घेराभित्र)

केही गरौ आफ्नै क्षेत्रमा । अनी आफ्नै क्षेत्रका दाजुभाई, दिदीबहिनीलाई रोजगार दिऔ भन्ने उदेश्यले करोडौ रुपैयाँ लगानी गरेर बनाएको ‘होटल मेलम्ची हेरिटेज’ सञ्चालन गर्न नपाउदै खोलाको शिकार बन्न पुग्यो । आफ्नो लगानी बालुवामै भने भै बन्न पुगेको अबस्थामा पनि बाढी पीडितकालागि अबश्यक स्वास्थ्य सामाग्री र खाद्यन्नको जोहो गरि आफै वितरण गर्दै आएका छन् । प्रचारमा खासै आउन नचाहाने व्यक्तीका रुपमा रहेका श्रेष्ठ नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका पूर्व सदस्य समेत हुन ।

आफ्नो पीडा लुकाएर कोरोनाबाट बाच्नकैलागि बाढीपीडितलाई मास्क र सेनिटाईजरका साथै खाद्यान्नको जोहो गरेर वितरणमा बेस्त रहेका छन् । स्थानीय तह बाहिरबाट आएको राहतको संकलन गर्नेमा मात्र सिमिति भएकोमा समेत उनी दुखित बनेका छन् । स्थानीय तहले खोला नियन्त्रण गर्ने र बचेको संरचनालाई संरक्षण गर्ने रणनीतिसंगै कार्यान्वयनमा लाग्नु पर्नेमा सो तर्फ खासै ध्यान नदिएको गुनासो श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV