काठमाडौँ । प्रहरीले रिद्धिसिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ललाई पक्राउ गरेको छ ।
महिला कर्मचारीमाथि दुव्र्यवहारको आरोपमा उनी पक्राउ परेका हुन् ।
सम्बन्धित महिला कर्मचारीको उजुरीपछि हेटौंडा प्रहरीले मल्ललाई पक्राउ गरेको हो । सोमबार पक्राउ परेका उनीविरुद्ध मंगलबार मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मल्लविरुद्ध पीडित पक्षले आन्दोलन गरेको थियो । उक्त उद्योग हेटौंडाको चुरियामाईमा रहेको छ । यो उद्योगमा शंकर र अम्बे ग्रुपको लगानी छ ।
प्रतिक्रिया