ईलेक्ट्रोनिक्स सामानसहित विमानस्थलबाट राई पक्राउ

- March 3, 2021 मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चाेरी तस्करीमा संलग्न एक जनालाई आज पक्राउ गरिएकाे महानगरीय प्रहरी प्रहरी एअरपोर्टले जनाएकाे छ ।  मिति २०७७/११/१८ गते अं.११:०० बजे जि.भोजपुर ट्याम्किमैयुङ गा.पा.वडा नं.४ स्थायी वतन भएका वर्ष २८ का शिसिर राई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आई नेपाल एयरलाईन्सको उडान नं. RA 410 द्वारा हङकङबाट काठमाण्डौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाई ड्रोन क्यामेरा थान-५, SONY क्यामेराको ब्याट्री थान-८, क्यामेरा एडप्पटर थान- १,ब्याट्री चार्चर थान-१, तयारी कपडा (टिसर्ट, स्वीटर, ज्याकेट, पाईन्ट आदी) थान-७०, जुत्ता (Nike, ZARA, लेडिज) जोर-८, पावर ब्याङ्क थान-१, फेसियल तेल बट्टा-५, परफ्यूम थान.-.६ र झोला (पछाडी बोक्ने) थान-६ (अन्दाजी मुल्य १५,०६,०००।-) अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा बरामद सामानहरु सहित निजलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको ।

प्रतिक्रिया