काठमाडौं। कामचलाउ प्रधानमन्त्री केपी ओेली नेतृत्वकाे सरकारले अत्याधिक रूपमा आर्थिक काराेबार हुने सरकारी अड्डाका कर्मचारीकाे सरूवा गरिएकाे छ । अर्थमन्त्री बिष्णु पाैडेलकाे निर्देशनमा अर्थसचिवले सहसचिवकाे जिम्मेवारी हेरफेर गरेको छ। दुई सचिवले अर्थमन्त्रीलाई २ घण्टा ब्रिफिङ गराएर जिम्मेवारी हेरफेर गरिएको हो। जिम्मेवारी हेरफेर गर्न अर्थसचिव शिशिरकुमार ढुंगानाले शुक्रबार आफ्नो कार्यकक्षमा सहसचिवहरुलाई बोलाएर जिम्मेवारी हेरफेर गरेको जानकारी दिएका हुन्। जिम्मेवारी हेरफेरको बारेमा राजस्व सचिव रामशरण पुडासैनी र अर्थ सचिव ढुंगानाले मन्त्रीलाई ब्रिफिङ गरेका थिए। अर्थ सचिव ढुंगानाकै याेजनामा मन्त्री पाैडेलकाे निर्देशनपछि कमाई हुने अड्डामा आफू अनुकुल कर्मचारी पठाएकाे अर्थस्राेतले जनाएकाे छ । मन्त्रालयले भन्सार विभागमा रहेका महानिर्देशक सुमन दाहाललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको छ। विभाग महानिर्देशकमा यमलाल भुषाल पठाइएको छ। भुषाल कार्यरत आर्थिक निति तथा वित्तीय महाशाखामा डा. रामप्रसाद घिमिरेलाई जिम्मा दिइएको छ।
यस्तै राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई वित्तीय क्षेत्र व्यावस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ। यो शाखाका झक्कप्रसाद आचार्यलाई केही दिन अघि नै आन्तरिक राजस्व विभाग महानिर्देशकमा पठाइएको छ।
प्रतिक्रिया