ताम्राकार हाउस लगायत न्यूराेडका माेवाईल व्यापारी अबैधन्दाकाे ढामछाेप गर्नमा तल्लिन: बिल बिनाकाे माेवाईल मर्मतकाे भन्दै गलत प्रचार

- February 26, 2021 मा प्रकाशित

काठमाडौं ।   न्यूराेड लगायत देशभर बिक्री गरिदै आएका माेवाईल सेटहरू अधिकाशं बिलविजक नभएकाे पुष्टि भएकाे छ  । त्यसमा पनि अबैध रूपमा नेपाल भित्र्याईएका र चाेरीका सेटहरू न्यूराेडकाे ताम्राकार   हाउसबाट अत्यािधक मंहगाे मुल्यमा बिक्री भएपछि गत साता सरकारकाे सम्बन्धित निकायले साे हाउसमा छापा मारेर अबैध सेट बरामद गरेपछि अहिले अबैध धन्दा गर्दै आएका व्यापारीहरू एक भई त्यसकाे विराेध समेत गरेका छन् । साे  कम्प्लेक्समा आबद्ध र मोबाइल व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुलाई बदनाम गर्ने गरेर विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रशारण भईरहेको भन्दै मोबाइल व्यवसायी संघ  नामक संस्थाले  आपत्ति जनाएको छ । तर साे संस्था नै अबैध रूपमा सञ्चालनमा रहेकाे समेत साेही हाउसका केही व्यवसायीले बताएका छन् ।  ताम्राकार कम्प्लेक्समा व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुलाई लान्छना लगाउने र उनीहरुले अबैध कारोबार गरिरहेको आरोप लगाउँदै समाचार सामाग्रीहरु आएको भन्दै   त्यसकाे कडा  भएको बिराेेेध समेत गरेेेे छन् । केहि दिनअघि प्रहरीले ताम्राकार कम्प्लेक्समा संचालनमा रहेका मोबाइल व्यवसायीहरुको पसलमा जबर्दस्ती प्रवेश गरि सामाग्रीहरु उठाएर लगेको र पसलमा कार्यरत कर्मचारीहरुलाई समेत पक्राउ गरि थुन्ने कार्य गरिएको  भन्दै प्रशासन    समेत बिरूद्वमा उत्रेका छन् ।   महानगरीय जनसेवा प्रहरी कार्यालय विशालबजारबाट खटिएका सादा पोसाकका प्रहरीले हचुवाको भरमा मोबाइल व्यवसायीहरुको पसलबाट सामानहरु उठाएर लगेको र कर्मचारीहरुलाई थुनेको घटनालाई केहि संचारमाध्यमहरुले अतिरंजित गरि व्यवसायीहरुलाई नै आक्षेप लगाएकाेे भन्दैै आराेेे समेत लगाएकाे छ ।

संघकाे दावि छ,“मोबाइल व्यवसायीहरुलाई आक्षेप लगाउने र अवैध कार्य गरेको भन्ने विषयप्रति हाम्रो गंभिर आपत्ति रहेको छ । हामीले कानूनीरुपमा दर्ता गरेर तथा सरकारी राजश्व बुझाउँदै आफ्नो व्यापार व्यवसाय गरिरहेको र हाम्रा पसलहरुमा बिक्री गरिने मोबाइल सेटहरु समेत बिल बिजकसहित बेच बिखन गर्ने गरेको जानकारी गराउँदछौं ।”

संघले गैर कानूनी र अवैधरुपमा प्रहरीले छापा हान्ने कार्य गरेर बिल नभएका मोबाइल सेटहरु जफत गरिएको भनेर सार्वजनिक गर्नु प्रहरीको अराजकता र कानूनी शासन विपरित भएको टिप्पणी गरेको छ ।

प्रहरीले गैरकानूनीरुपमा पसलबाट ग्राहकहरुले मर्मतका लागि पसलमा ल्याएर छोडेका मोबाइल फोन सेटहरु समेत हचुवाको भरमा उठाएर लगेको भन्दै ग्राहकहरुलाई त्यस्ता फोनहरु फिर्ता गराउन समेत कठिन भनाई संघको रहेकाे छ ।

हालका जनसेवा प्रहरीका डिएसपीको आदेशमा गैर कानूनीरुपमा ताम्राकार कम्प्लेक्सका मोबाइल व्यवसायीहरुलाई तर्साउने कार्य भएकााे अध्यक्ष जगत साउदले बताए । तर साे पत्रकार सम्मेलनमा उनीहरूले विलविजक सहितकाे सामान बिक्री गरेकाे दावि गरेपनि साे दाबि पुष्टि हुने प्रमाण भने कुनै दिन सकेन्न । लामाे समयदेखि साे हाउसबाट नक्कली विलविजक र नक्कली मुल्यअभिबृद्वि कर (भ्याट) बीलबाट कारेाबार हुँदै आएकाे समाचार तीब्रखबर डटकमले पटकपटक प्रकाशन गर्दै आएकाे छ । न्यूराेडलगायत अन्य स्थानमा समेत चाेरी र भन्सार छली गरि नेपाल भित्राएकाे सेट बिक्री हुँदेे आएकाे छ । हंङकंग, दुवही, मलेशिया, सिंगापुरलगायतका देशबाट अबैधरूपमा भित्राएका सेटहरू अत्याधिक मात्रामा बिक्री हुँदै आएकाे छ । पत्रकार सम्मेलनमा अधिकाशं अबैधधन्दा चलाउदै आएका व्यापारिकाे सहभागीता रहेकाे आराेप समेत व्यापारीले लगाएका छन् ।

प्रतिक्रिया