पैसाका गायक पोखरेलको खुल्दै रहस्य

- February 25, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

काठमाडौं । कलाकार राष्ट्रका गहना हुन । राष्ट्रको कला संस्कृति प्रर्वद्धन र जोगाउन कलाकारको अहंम भुमिका हुन्छ भने देशलाई कला मार्फत विश्वमा चिनाउन पनि कलाकारको महत्वपूर्ण भुमिका हुन्छ । सोही कारण पनि कलाकारलाई राष्ट्रको गहना भनिएको हो तर हाल कलालाई पैसासँग तुलना गर्दा कला ,क्षमता हराउन पुगेको छ । पैसा लगानी गरेको भरमा जो कोही पनि कलाकार बन्न सक्छ । चलचित्रको नायक होस वा गायक बन्नलाई यति बेला कला र स्वर भन्दापनि पैसा भए पुग्ने भएको छ । यस्तै मध्यका एक हुन वरिष्ठ गायकको उपनाम पाईसकेका गायक सिताराम पोखरेल ।
हालसम्म एक सय भन्दाबढि गीत गाइसकेका पोखरेलको कुनै पनि गीतले वजार लिन सकेको छैन । गायक, गीतकार मात्र नभई मोडलसमेत रहेका गायक पोखरेलले दर्जन भन्दाबढि म्यूजिक भिडियोसमेत बनाई सकेका छन । सो म्यूजिक भिडियोहरुमा स्वंयम आफुमात्र नभई चर्चित नायिका, नेपालको पहिलो मिस नेपाललगायतलाई अभिनय गराएका छन ।

एउटै गीत नचलेपनि संगीतमा निन्तर लागिरहेका पोखरेल नेपाल आयल निगमबाट अवकास भएसगै गीत गाउन पनि सुस्ताएका छन । स्वरका धनि भन्दा पनि पैसाको आडमा गायक वनेका सिताराम पछिल्लो समयमा सुस्ताउनुको कारण भने गीतमा गरेको लगानी फिर्ता नहुनु र अवैधतवरबाट आर्थिक स्रोत बन्द हुनु नै रहेको छ । आयल निगममा हुदाँ नयाँ पेट्रोलपम्प दर्तामा मापदण्डमा आँखा चिम्लने र पेट्रोलपम्पमा हुने मिसावटलाई संरक्षण गर्दै गीत रेकर्डिङ र म्यूजिक भिडियोमा लाग्ने खर्च व्यहोर्न लगाउने गरेको वताइन्छ । सोही कारण चर्को रकम तिरेर चर्चित नायिकाहरुलाई अभिनय गराउने र नायिकासगै आफै अभिनय गर्ने गरेका थिए । निगमलाई दुहुनो गाई वनाएका पोखरेलले आफ्नो प्रचार प्रसार गरेवापत पत्र पत्रिकालाई आयल निगमको विज्ञापन मिलाइदिने गरेको बताइन्छ । प्रायः म्यूजिक भिडियो नखेल्ने नायिकाहरुलाई समेत निकै मोटोरकम दिएर उनले म्यूजिक भिडियोमा खेलाउन सफल मानिएका छन । गायक तथा मोडल पोखरेलले वनाएको म्यूजिक भिडियोमा प्रथम मिस नेपाल रुवी राणादेखि सुमि खड्का,झरना थापा,अरुणिमा लम्साल,सुमिना घिमिरे,उषा पौडेल,नन्दिता के.सी,निशा अधिकारी,रञ्जना शर्मा,दिपा शाही, निशा बस्नेत,सुरभी जैन,मेनुका प्रधान,अनु शाह,सुप्रिया कटवाललगायत दर्जनौं नायिकालाई अभिनय गराइसकेका छन । सबैलाई नगदमा तौलने गायक सिताराम पोखरेलले सम्मानसमेत खरिद गरिएको बताइन्छ । यसै विषयमा पोखरेलाई बुझ्दा आफुमाथि आरोप लगाएको वताएका छन ।

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV