प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

- February 23, 2021 मा प्रकाशित

काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आज (मंगलबार) देखि हेर्दाहेर्दैमा जाने भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटका पक्ष र विपक्षमा बहस गरेका अधिवक्तालाई बहस नोट बुझाउन हिजो (सोमबार) सम्मको समय दिएको इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुन सक्ने जानकारी गराएको हो ।

संवैधानिक इजलासमा गत माघ ४ देखि भएको बहस गत शुक्रबार सकिएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटबारे सुनुवाइ भने पुस ८ गते सुरु भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधानको धारा १३७ (३) बमोजिम मुद्दा संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो ।

त्यसपछि प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको बहस संवैधानिक इजलासमा भएको थियो ।

प्रतिक्रिया