न्यूरोडकाे ताम्राकार हाउसमा नक्कली बिलमार्फत माेवाईल सेट बिक्री गरि कर छली

- February 22, 2021 मा प्रकाशित

काठमाडौँ । न्युरोडस्थित ताम्राकार कम्प्लेक्स र पाकोस्थित मोबाइल पसलहरूबाट   लामाे समयदेखि नक्कली बिल देखाई माेवाईल सेट बिक्री हुँदै आएकाे पुष्टि भएकाे छ । न्यूरोडका सवै पसलबाट अबैध रूपमा नेपाल भित्राएकाे माेवाईलसेटलाई लाई नक्कली बिल देखाउदै अत्यधिक मुल्यमा बिक्री गरि कर छली समेत हुँदै आएकाे बारे पटकपटक तीब्रखबर डटकमले समाचार प्रकाशन गर्दै आएकाे छ । साे क्षेत्रबाट लामाे समयदेखि चाेरीका सेट र सेकेन्ड ह्यान्ड सेटलाई फस्ट ह्यान्ड भन्दै अत्यधिक मंहगाे मुल्यमा बिक्री हुँदै आएकाे छ । यसैक्रममा  ताम्राकार हाउसभित्र र पाखाे क्षेत्रका  विभिन्न कम्पनीका १ सय ७७ थान बिल तथा श्रोत नखुलेको मोबाइल प्रहरीले बरामत गरेकाे छ । ति मोबाइलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले राजश्व छली गरी बिना बिलको मोबाइल बिक्री गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मोबाइलहरु फेला पारेको हो । यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । साे सम्बन्धमा थप विवरण आउनेक्रम जारि रहेकाे छ ।

प्रतिक्रिया