अदालतमा विचाराधीन मुद्धाको सेटिङ मिलाउन विचौलिया खोज्नेको लर्को…

- February 20, 2021 मा प्रकाशित

क्राईम व्यूराे———–                                                   काठमाडौं । अदालतमा कुनै मुद्धा परेपछि पीडितहरु वकिल खोज्न होइन विचौलिया खोज्दै हिड्न थालेका छन् । पछिल्लो समय विभिन्न न्यायाधिशहरुसँग आफनो विशेष सम्बन्ध रहेको बताउदै हिड्नेहरुलाई भेट्नेहरुको लर्को नै लाग्न थालेको छ । अदालतमा मुद्धा हार्ने डर भएका धेरै जसो ब्यापारी र अन्य अपराधको आरोपीहरु सेटिङ मिलाउनेहरुलाई खोज्दै हिडेको र विभिन्न चरणमा भेटघाट र आर्थिक लेनदेन भएको तथ्य समेत खुल्न आएको छ । विश्वस्त श्रोतले दिएको जानकारी अनुसार नेपालको सवैभन्दा चर्चित मुद्धाको रुपमा रहेको मोहम्मद आफताव आलमको मुद्धामा समेच विचौलियाहरु सक्रिय रहेको तथ्य खुल्न आएको छ । मोहम्मद आफताव आलमका परिवारका सदस्यहरु न्यायाधिशहरुसँग सेटिङ मिलाइदिने समुह खोज्दै हिडेको बुझिएको छ । रौतहट जिल्ला अदालतका न्यायाधिशहरुसँग पनि उनीहरुको परिवारले भेटेको तथ्यहरु बाहिर आउन थालेको छ । सो मुद्धाको विषयमा सर्वोच्च अदालतका प्रधान न्यायाधिश चोलेन्द्र शमशेर राणासँग कांग्रेसका नेताहरु मार्फत पनि छलफल भएको श्रोतको दावी छ । यता सो मुद्धालाई वर्तमान प्रधानमन्त्री र उनको सचिवालयले पनि विशेष चासो लिएको बुझिएको छ ।

त्यस्तै गरी पछिल्लो समय मुद्धाको मार खेपिरहेका केही ब्यापारी पनि मुद्धा मिलाइदिन भन्दै विचौलियाहरुलाई भेटन्मा ब्यस्त रहेको बुझिएको छ । पछिल्लो समय राजस्व छलीका मुद्धाका विषयमा धेरै ब्यापारी मुद्धा खेपिरहेका छन् । राजस्व छलिका मुद्धाहरु अहिले उच्च अदालत पाटनमा चलिरहेका छन् । सो अदालतका वाणिज्य हेर्ने न्यायाधिशहरुसँग सेटिङ मिलाउने भन्दै केही ब्यक्तिले ती मुद्धा परेका ब्यापारीलाई विभिन्न चरणमा भेटेको तथ्य फेला परेको छ । मुद्धा मिलाइदिन्छु भन्दै ती ब्यापारी भेट्ेनहरुमा राजनैतिक दलसँग आबद्ध ब्यक्तिहरु, केही वकिल र केही चर्चित पत्रकाहरु पनि रहेको तथ्य हामीलाई प्राप्त भएको छ । केही मुद्धाका पीडितहरुले आर्थिक चलखेल समेत गरिसकेको बुझिएको छ । सो विषयमा श्रोतबाट अन्य थप जानकारी पनि प्राप्त भएको छ । राजस्व अनुसन्धान विभागले केही बर्ष देखी नै विभिन्न ब्यापारीक संस्थामा छापा मारेर राजस्व छलीका थप विषय बाहिर ल्याएको थियो । केही सेटिङका विषयमा थप प्रमाण प्राप्त भएपनि भेरिफिकेशन हुन बाँकी रहेको श्रोतको दावी छ । त्यस्तै गरी विभिन्न जग्गा जमिनको मुद्धा मिलाउन भन्दै पनि विचौलियाहरुलाई भेट्नेहरुको लर्को नै लागेको श्रोतको दावी छ । भक्तपुर, काठमाण्डौ र ललितपुरका विभिन्न स्थानका जग्गाका विषयमा पनि मुद्धा खेपिरहेकाहरु अहिले विचौलियाको शरणमा पुगेको बताइएको छ । नेपालमा पछिल्लो समय अदालतमा सेटिङ मिलाउने नाममा ठुलो गिरोह नै सक्रिय रहेको बुझिएको छ । यस सम्बन्धमा संलग्नता काे काे रहेका छन भन्नेबारे थप विवरण तीब्रखबर डटकमलाई प्राप्त हुनेक्रम जारि रहेकाे छ ।

प्रतिक्रिया