सरकार र नीजि वायु सेवा सञ्चालकबीचको चर्कियोः ¥याम्प बसका कारण बवाद बढ्यो (भिडियो)

- January 24, 2021 मा प्रकाशित

रोशन कार्की
काठकाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र प्रयोग हुँदै आएका ¥याम्प बस प्रतिस्थापन गर्नकालागि प्रकृया सुरु गरेसंगै नीजि वायुसेवा सञ्चालकले आपत्ती जनाएको छ । सरकार र नीजि वायु सेवा सञ्चालकबीच मतभेद भएपनि सरकारले विमानस्थलभित्र विद्युतीय बस सञ्चालन गर्नुको विकल्प नभएको भन्दै ¥याम्प बसलाई प्रतिस्थापन गरी प्रदूषणरहित विद्युतीय बस सञ्चालन गर्ने तयारीलाई तीब्रताकासाथ अघि बढाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने आन्तरिक वायुसेवा कम्पनीले टर्मिनल भवनबाट हवाईजहाजसम्म लैजाने र अवतरणपछि टर्मिनल भवनसम्म यात्रु ल्याउन प्रयोग हुँदै आएको ¥याम बसलाई हटाउनकालागि प्रकृया सरकारले सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा हाल सञ्चालनमा रहेका सवारी साधानको प्रदूषण जाँच, सवारीको सिट संख्या, खरिद भएको वर्ष, सवारीको प्रकारको विषयमा विवरण खुलाएर पठाउन पत्राचार गरेसंगै सो कार्य विवादमा पर्न गएको छ । प्राधिकरणअन्तर्गतको मेकानिकल विभागले विमानस्थलाई ¥याम बसको सम्बन्धमा विस्तृत विवरणसहितको तथ्यांक संकलनका लागि भन्दै पत्र पठाएपछि नीजि वायुसेवा सञ्चालकहरुले भने सो कार्यको विरोध गरेका छन । तर प्राधिकरणले भने विमानस्थलबाट ¥याम बस तत्काल हटाउने निर्णय नभएको यसलाई एक अध्ययन मात्र गरिने पुराना भएका सवारी साधान विस्तापित गर्ने रणनीति लिएको प्राधिकरणका प्रबक्ता राजकुमार क्षेत्रीले बताएका छन् । प्रबक्ता क्षेत्रले अहिले तथ्यांक संकलन गर्ने र आवश्यक कार्यविधि बनाएर क्रमिक रूपमा नयाँ बस खरिद गर्दा विद्युतीय सवारीलाई प्राथमिकता दिने प्राधिकरणको योजना रहेको बताए । उनले अहिले भएका गाडीलाई हटाई हाल्नु पर्छ भन्ने हैन, यस सम्बन्धमा छलफल गरेर कसरी व्यवस्थापन गर्न सकिन्छ र वातावरणलाई जोगाउनकागि रोडम्याप बनाई सुरु गर्ने तयारी गरेको बताए ।

 

वायुसेवा सञ्चालक संघले भने डिजेल ¥याम्प बस प्रतिस्थापन गर्ने योजनामा सरकार रहेको दाबी गरेको जनाउदै विरोध गर्दै आएको छ । अहिलेको अवस्थामा भएको गाडीलाई हटाएर करोडौंको गाडी किन्ने हैसियतमा आन्तरिक वायुसेवा कम्पनी नरहेको भन्दै सो योजना मान्न तयार नभएको संघले जनाएको छ । अहिले आन्तरिक उडानमा अधिकांश कम्पनीले आफ्नै बस प्रयोग गरी यात्रुलाई टर्मिनलबाट हवाईजहाजसम्म र जहाजबाट टर्मिनलसम्म लैजान्छन् । हाल डेढ सय गाडी एयरपोर्ट साइडमा सञ्चालित छन । प्राधिकरणका प्रवक्ता क्षेत्रीका अनुसार तत्कालै ¥याम्प बस हटाइहाल्ने नीति नभएको तर विस्तारै प्रतिस्थापन गर्दै लैजाने नीतिअन्तर्गत आवश्यक छलफल र अध्ययनसहित गृहकार्य सुरु गरिएको बताएका छन् । नयाँ खरिद गर्दा विद्युतिय गाडी खरिद गर्नु आबश्यक देखिएकाले सो कार्य तत्काल हैन सवै पक्षसंग छलफल गरि सहमतिमा लागु गर्ने बताए । प्राधिकरणका अनुसार वायुसेवा सञ्चालकहरुले तत्काल हटाउने भन्ने बुझेकाले मतभेद सिर्जना भएको जनाएको छ । वायुसेवा कम्पनीको सहमतिबिना र कार्यायोजना नै नबनाइ भएका सवारी विस्थापन गर्न खोजिएको भन्दै वायुसेवा कम्पनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । वायुसेवा कम्पनीहरूले सञ्चालन गरेको ¥याम्प बसको सट्टा निजी क्षेत्रबाट सञ्चालन गर्न यस अघि २०६० सालमै प्रयास गरिएको थियो । स्वास्थ्यमा विवादित बनेका मन्त्री भानुभक्त ढकालले पर्यटन मन्त्रालयमा पुग्नासाथ लाभ खोज्न थालेकाले सो योजना ल्याएको आरोप समेत संघले लगाएको छ । संसारमै ¥याम्प एरियामा इलेक्ट्रिक सवारी मात्रै हुने भएकोले नेपालमा पनि अब विद्युतीयतर्फ नै जानुपर्छ भनेर सम्बन्धित वायुसेवासँग विवरण मात्रै मागिएको प्राधिकरणको दाबी रहेको छ । प्रबक्ता क्षेत्रीले कम्तिमा ५÷६ वर्षको योजना बनाएर र वायुसेवा कम्पनीलाई पर्याप्त समय दिएर मात्रै विद्युतीय सवारीले हालको डिजेल तथा प्रदूषणयुक्त सवारी हटाउने रणनीति सरकारले लिएको बताएका छन् । (भिडियो साभारः प्राइम टिभी)

प्रतिक्रिया