बौद्धिक सम्पत्ति संरक्षणको प्रतिबेदनलाई कार्यान्वयन गरिने

- January 23, 2021 मा प्रकाशित

काठमाडौं । उद्योग विभागका महानिर्देशक जीवलाल भुषालले पेटेन्ट डिजाइन ट्रेडमार्कको क्षेत्रका प्रकृयागत समस्याहरु समाधान गर्न गठित समितिवाट प्राप्त बनी प्रतिवेदन कार्यन्वयन चरणमा रहेको बताएका छन । उनले आगामी बर्षमा पेण्डिङमा रहेका पेटेन्टहरुको छिट्टै छिनोफानो गर्दै लैजाने, केही समयअघिदेखि अड्किएका नीति तथा कार्यविधिलाई छिट्टै अन्तिम चरणमा लैजाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । साथै नयाँ औद्योगीक सम्पत्ति सम्बन्धि ऐन पनि तयार भै विभिन्न निकायहरुको राय परामर्श लिने क्रममा रहेको कुरा पनि जानकारी गराएका छन् । उद्योग विभाग विभाग लगायत उद्यमी व्यावशायी, कानुन व्यावसायी, अनुसन्धान तथा वैज्ञानिक क्षेत्रका प्रतिनिधिहरुका साथै बौद्धिक सम्पत्ति संरक्षण समाजका सदस्यहरुको सहभागीतामा राजधानीमा आयोजीत नेपालमा पेटेन्ट दर्ता प्रणाली, अवस्था र सुधार बिषयमा बिचार गोष्ठीमा सो कुरा बताएका हुन । सो कार्यक्रममा बौद्धिक सम्पत्ति संरक्षण समाजका महासचिव बिसुकुमार केसीले बौद्धिक सम्पत्तिहरुको संरक्षण र प्रबद्र्धनले आर्थिक प्रविधिक र साँस्कृतिक विकासमा टेवा पुग्ने तथ्य प्रस्तुत गरेका थिए ।

उनले अन्य मुलुकहरुमा दर्ता भएका बौद्धिक सम्पत्तिहरुको तुलना नेपालमा ज्यादै कम मात्र पेटेन्ट डिजाइन टे«डमार्क आदि दर्ता हुने गरेको बताएका छन् । नेपालको आर्थिक प्राविधिक विकासको दयानीय अवस्था समेत दर्साउने हुँदा बौद्धिक सम्पत्ति क्षेत्रको प्रवद्र्धनमा लगानी बढाउन र प्राथमिकतामा अगाडि राख्न आग्रह गरेका छन् । समाजका उपाध्यक्ष मधुसुधन पौडेलले पेटेन्ट के हो र कसरी लिने, यसको व्यवसायिक प्रयोग कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कानुनी रुपमा पेटेन्टको संरक्षण गर्ने कुराको बारेमा समेत चर्चा गर्नुका साथै नीति र ऐनको समेत सामञ्जस्यता हुनुपर्ने कुरामा जोड दिए । रामलक्ष्मण इनोभेसन्सका रामप्रसाद रिमालले आफूले पाएका पेटेन्टको बारेमा र त्यसको व्यवसायिक प्रयोगको बारेमा जानकारी गराएका थिए । नेपालमा पेटेन्ट दर्ताको अवस्था र सुधार बिषयमा उद्योग विभाग औद्याोगिक सम्पत्ति शाखाको निर्देशक बिन्दा आचार्यले हालसम्मको पेटेन्ट आवेदन ७६३ परेको भएता पनि जम्मा ७६ मात्र हालसम्म प्रदान (दर्ता) गर्न सकिएको बताइएकी छिन् । यसरी कम दर्ता हनुमा रितपूर्वकको निवेदन नपर्नु, आवश्यक कागजात पेश नहुनु, ऐन समया परिमार्जन नहुनु, निर्देशिका कार्यविधि नहुनु स्रोत साधन र दक्ष जनशतmी नहुनु आदि विभिन्न समस्या र कारणहरु समेत रहेको औल्याइएको छ बौद्धिक सम्पत्ति संरक्षण समाजका संस्थापक अध्यक्ष भरत थापाले पेटेन्ट दर्ताको व्यवहारिक पक्षको चर्चा गर्दै आविष्कारहरु समाजका तल्लो बर्गमा पुग्नुपर्ने बिचार राखेका थिए ।

उनले आफू उद्योग विभागमा रहँदाको अनुभव समेत राख्दै आफ्नो समयमा निवेदन नै दर्ता नभएकोमा आजको अवस्थामा ७०० भन्दा बढि निवेदन दर्ता भएको कुरा सकारात्मक भएको कुरा व्यक्त गरे । नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालय का रजिष्ट्रार बिष्णुकुमारी भट्टराईले सर्जक तथा अनुसन्धानकर्ताहरु माझ जनचेतना कार्यक्रम जगाउनुपर्ने भन्दै अनुसन्धानकर्ताहरुलाई ‘पस्न देउ, बस्न देउ र निस्कन देउ’ भन्ने मूल मान्यतालाई अफूले शिरोपर गर्दै कार्य गरिरहेको कुरा दाबी गरेकी छिन् । सहभागीहरुले आआफ्नो राय सुझाव र विचारहरु राख्दै अनुसन्धान र आविश्कारमूलक कार्यलाई प्रोत्साहन गरिनु पर्ने, पेटेन्ट दर्ताको लागि आर्थिक प्रविधिक सहयोगका साथै प्रशासनिक सहजता हुनु पर्ने तथा नयाँ र स्वदेशी प्रविधिको व्यावशायिक प्रयोग गर्न लगानी बढाउनु पर्ने आदि सुझावहरु राखेका थिए ।

 

प्रतिक्रिया