विदेशमा निधन भएका दमाईको शब जनवरी ७ तारिकको विहान नेपाल आईपुग्दै

- January 5, 2021 मा प्रकाशित

प्रेदेश नम्बर ७ सुदुरपश्चिम डडेल्धुरा जिल्ला अमगढी नगरपालिका वाड न. ११ फिन्नेकोट स्थाई बसोबास गर्ने तेजबहादुर दमाईले अक्टोबर ९ तारिक २०२० का दिन जेद्दा स्थित आफैले काम गर्ने SUNMMER AL MAMLAKHN COMPANY मा फाँसी लगाएर मृत्यु भएको खबरले अत्यन्तै स्तब्ध भएको सुदुरपस्चिमेली नेपाली समाज साउदी अरब परिवारले जनाएको छ । बिगत ३१ महिनादेखी काम गर्दै आएका तेजबहादुर दमाईले कम्पनीले काम तलब अकमा, इन्स्योरेन्स कार्ड समेत नदिएको सो परिवारले जनाएको छ । तत्कालै नेपाली राजदुतावास रियाद र बाणिज्य दूतावास जिद्दालाइ जानकारी गराउदै गर्दा एक दिनको समय समेत नदिइएको र अचानक बिहान आफ्नै कोठामा फासी लगाएर मृत्यु भएको खबरले दुखित भएको जनाएको छ ।
कोरोना भाइसको विषम परिस्थितिका कारण बिगत ४ महिनादेखी मृतकका परिवारले शवलाई नेपाल मगाउन हरेक किसमले हारगुहार गरे पनि कार्गो हवाई उडान को सुबिधा नपाउदा पठाउन नसकेको जिद्दा वाणिज्य दूतावासका कर्मचारी भुवन पौडेलले जनाएका छन् । मृतक तेजबहादुर दमाइको शव यहि जनवरी ७ तारिक बिहान नेपालको समय अनुसार ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने समेत बताइएको छ । बाणिज्य दूतावासका अनुसार वैदेशिक रोजगार पर्यटन बोर्ड र परराष्ट्र मन्त्रालयलाई सूचना गरि सकेको र मृतका परिवार लाई समेत शव बुझ्न जानकारी गराइ जनाएको छ ।

 

प्रतिक्रिया