ह्यम्स हस्पिटलकाे नक्कली पिसिआर रिपोर्ट : एअरपोर्टबाट ७ जना पक्राउ

- January 4, 2021 मा प्रकाशित

काठमाडाैं । २०७७/०९/१८ गते अन्दाजी १९:१० बजेको समयमा निम्न व्यक्तिहरुले नक्कली PCR Report बनाई  Fly Dubai को उडान नं. FZ574 द्वारा काठमाण्डौबाट दुबई जाने लागेका भनी Fly Dubai, त्रि.अ.वि.गौचरले यस कार्यालयमा जानकारी गराए पश्‍चात् निजहरुलाई चेकजाँच गर्ने क्रममा Center Diagnostic Laboratory, & Research Center Pvt. Ltd र HAMS Hospital को नामको नक्कली PCR Report बनाई दुबई जान लागेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हुँदा  निजहरुलाई आवश्यक अनुसन्धान एवं कारवाहीको महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको ।

पक्राउ परेका व्यक्तिहरु

  1. जि.सल्यान खइरागर-०९ मुलखोला स्थायी वतन भएका राहदानी नम्बर ११५८०७६७ वाहक दिनेश सिंह,
  2. जि.धनुषा भुचक्रपुर-९ स्थायी वतन भएका  राहदानी नम्बर ०९७५३३२६ वाहक तेज नारायण महत्तो,
  3. जि.धनुषा लक्ष्मीनिवास-९ स्थायी वतन भएका राहदानी नम्बर ०८८०१६९८ वाहक छेदी महत्तो,
  4. जि.धनुषा बत्तेश्‍वर-९ स्थायी वतन भएका राहदानी नम्बर ०५६८९६१० वाहक सोलेन्द्र महत्तो,
  5. जि.मकवानपुर चिसापानी-७ हेटौडा स्थायी वतन भएका राहदानी नम्बर ०८८१४६८६ वाहक रोशन प्रसाद आचार्य,
  6. जि.अर्घाखाँची छत्रदेव-३ स्थायी वतन भएका राहदानी नम्बर ११९८३२६६ वाहक प्रविन भट्टराई,
  7. जि.सिन्धुपाल्चोक लब्से-८ पा थाङपल स्थायी वतन भएका राहदानी नम्बर ११६११३६६ वाहक माइला तामाङ  ।

प्रतिक्रिया