खानेपानी जार र मिनरल वाटर गुणस्तहिन, किरा भेटिएको सिद्धिकाली अक्वा पानी उद्योगमाथी भएन कारबाही

- December 1, 2020 मा प्रकाशित

रोशन कार्की
काठमाडौं । उपत्ययका लगायत देशभरमा स्थापना भएका अधिकाशं खानेपानी गुणस्तरहिन रहेको पुष्टी भएको छ । काठमाडौं उपत्ययकाभित्र गुणस्तर प्रशोधित पानी भन्दै बिक्री हुदै आएको जार र मिनरल वाटर गुणस्तहिन भएको सरकारी निकायको रिपोर्टमा उल्लेख छ । विद्यमान खाद्य ऐन विपरित र सो ऐनलाई समेत लत्याउदै गुणस्तहिन पानीको खुलेआम बिक्री गर्दै आएको उल्लेख छ । खाद्य ऐन उल्लंघन गर्ने पानी उद्योगलगायत मापदण्डानुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारवाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएपनि उनीहरुमाथी कस्तो कारबाही भयो भन्ने बारे भने कुनै जानकारी दिएको छैन । काठमाडौंको मुलपानी, गोठाटार, जोरपाटी, सुन्दरीजल, थानकोटलगायत विभिन्न स्थानमा मापदण्ड विपरित स्थापना भएका जारको पानीका उद्योगहरु गुणस्तहिन भएको पाईएको छ । खाद्य सम्बन्धीका १ हजार १ सय ८९ नमूना संकलन गरिएकामा ७० नमूना मापदण्डानुसार नभएको पाइएको विभागले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका २१, दानाका १६, तेल तथा घ्यूजन्य नमूना १४, खाद्यान्न १० लगायतका अन्य खाद्य पदार्थहरु खान योग्य नभएको पाईएको छ ।

राजधानीमा पिउने पानीको अभाबको मौका छोप्दै विभिन्न ब्राण्डको गुणस्तरहिन जारको पानी बिक्री हुदै आउदा समेत सरकारले खासै कारबाही भने गर्न सकेको छैन । अत्याधिक मागको फाईदा उठाउदै गुणस्तहिन र किरा परेको पानी समेतका पानी बिक्री हुदै आएको छ । काठमाडौंको मुलपानीमा उद्योग रहेको ‘अक्वा फ्रिडम ब्राण्ड’ नामको जारको पानीमा किरा भेटिएपनि विभागले भने सो उद्योगमाथी कारबाही गरेको छैन । खुल्ला आँखाले देखिनेगरी सिल प्याक जारभित्र किरा सहित सिद्धिकाली अक्वा पानी उद्योगद्वारा उत्पादन ‘आक्वा फ्रिडम’ ब्राण्डको २० लिटरको सिलप्याक जारभित्र किरा भेटिएपछि सो कम्पनीमाथी कारबाहीकालागि विभागमा मुद्दा परेपनि कारबाही भने भएको छैन । यसरी किरा सहितको सो कम्पनीको जारभित्र किरा भेटिएपछि कारबाहीकालागि सरकारी निकायमा राष्ट्रिय उपभोक्ता मञ्चले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा कडा कारबाहीको माग राख्दै उजुरी दर्ता गराएको लामो समय वितिसक्दा समेत कुनै छानविन समेत भएको छैन । काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका, मुलपानीको ८ नम्बर वडामा रहेको सिद्धिकाली अक्वा पानी उद्योगबाट उत्पादीत अक्वा फ्रिडम ब्राण्डको शिलबन्द जारको पानीमा किरा फेला परेकाले विद्यमान ऐन अनुसार हदैसम्मको कारबाहीको माग राख्दै सो मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उजुरी दर्ता गराएका थिए । उजुरीमा सरकारले तय गरेको खुद्रा अधिकतम मुल्यभन्दा पनि बढी मुल्य तोकि बेच्दै आएको सो उद्योगले एकातर्फ गुणस्तहित पानी जारमा भर्दै बेच्दै आएको उल्लेख छ ।

यस्तै खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८७६ नमूना संकलन गरिएको छ । सो अवधिमा न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा २६ उद्योगविरुद्ध मुद्दा चलाइएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी पिउने पानीका पाँच उद्योग परेका छन् । खाने तेलका तीन, बेकरी तीन, दाना, चाउचाउ, मिठाइका दुई्दुई लगायत घ्यू, दही, चामल, सस, काजु किसमिस, खाद्य रङ, बियर, मटरफ्राइजस्ता खाद्य पदार्थ उत्पादन गर्ने उद्योग तथा व्यवसाय रहेका छन् । उक्त मुद्दामध्ये आठ मुद्दा न्यून गुणस्तरका, सात मुद्दा दूषितका, सात मुद्दा लेबललगायतका विवरण नमिलेका तथा बाँकी चार मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लंघनसम्बन्धी छन् । पहिलो चौमासिकमा मुलुकभर खाद्य र दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटललगायत एक हजार ८७३ पटक निरीक्षण अनुगमन भएको छ । उक्त अवसरमा १५३ उजुरी कारवाही गरिएको छ । विभाग तथा मातहतका कार्यालयबाट भएको निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन नगर्ने ३४ उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमूना संकलन गरी कारवाही अघि बढाइएको छ ।

त्यसमा पनि सबैभन्दा बढी प्रशोधित पिउने पानीका उद्योग तथा व्यवसाय नै रहेका छन् । प्राप्त विवरणअनुसार पानीका १५ उद्योग, खाद्यान्न तथा दलहनका आठ, दूध तथा दुग्ध पदार्थका छ, तेल तथा घ्यूजन्यका तीन र अन्य तीन खाद्य व्यावसाय रहेका छन । यसअवधिमा १५६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरिएको, ६३० उद्योग अनुज्ञापत्र नवीकरण तथा ६४२ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधिमा जम्मा ९ हजार ५५ आयात अनुमति जारी गरिएको छ । विभिन्न १२ नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा २५ हजार १५४ वटा नमूना प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएको जनाइएको छ । त्यसमध्ये पापड, चामल, बदाम, मसला, मैदा, वेसनलगायतका २५ वटा नमूना प्रतिकूल पाइएपछि आयात रोक्का गरिएको विभागले जानकारी दिएको छ । विभागले उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्दै खाद्य प्रविधिको विकास तथा खाद्यमा आधारित पोषणको सुधारका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ । खाद्य पदार्थको विश्लेषण, परीक्षणका लागि विश्वसनीय प्रयोगशाला सेवा प्रदान गर्ने कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयबाट हुँदै आएको जनाइएको छ । काठमाडौँलगायत मुलुकका ४३ कार्यालयबाट उक्त सेवा र अनुगमन हुँदै आएको छ ।

र… यो पनि एक पटक हेर्नुहोस त …

अक्वा फ्रिडम पानीको जारमा भेटियो किरा, सञ्चालक गिरीलाई उन्मुक्ती दिन सरकारी निकायनै सकृय

गुणस्तहिन जार र बोटलका उद्योगलाई सरकारी विभागकै सरक्षण : सिद्धिकालीलाई उन्मुक्ति दिदै विभाग(भिडियो सहित)

अक्वा फ्रिडम पानीको जारमा भेटियो किरा, सञ्चालक गिरीलाई उन्मुक्ती दिन सरकारी निकायनै सकृय

 

प्रतिक्रिया