सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुईजना पक्राउ

- November 27, 2020 मा प्रकाशित

बलात्कार गरे, एकतोला सुन दिने तमासुक बनाए अनि धम्क्याए

बैतडी । बैतडीको सिगासमा ६ महिना अघि एकजना युवतिलाई स्थानिय युवाले बलत्कार गरे । किसोरीले घरका मान्छेलाई आफु बलात्कृत भएको जानकारी गराइन् ।

घटना गाउँको भएको भन्दै पीडित र पीडक पक्षविच छलफल भयो । पीडकले पिडित परिवारलाई एकतोला सुन दिने कबोल गरेपछि प्रशासनमा उजुरी नगर्ने सहमति भयो । सहमतिको तमसुक समेत बन्यो । तर, सहमति भएको ६ महिना सम्म पिडित परिवारले सुन पाएन् । बलत्कारमा संलग्न युवा भारत पलाएन भए । पिडकका आफन्त पनि केटो भागि सक्यो, अब यो कुरा साम्य भइसक्यो, भनेर बसे र तर, पिडक पक्ष यतिमै रोकिएनन् । पिडित युवतिका परिवारलाई धम्कि दिन थाले । पीडाले किसोरीले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भयो ।

अहिले सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा सिगास गाउँपालिका ३ कामनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

बलात्कारको घटना मिलाउन खोज्ने दुवैजनामाथि अनुसन्धान शुरु भएको छ । बलात्कारको घटनामा संलग्न दीपक सिंह धामी भारतमा रहेका बुझिएको छ भने,अर्का एकजनाको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

सिगास गाउँपालिका ३ की १८ बर्षीया किशोरी माथि गत जेठमा बलात्कार भएको घटना झण्डै ६ महिनापछि बाहिर आएको हो । गत जेठमै किशोरी माथि बलात्कार भए पनि त्यो बेला पीडित पक्षलाई एकतोला सुन दिने भन्दै त्यो घटना गाउँमै मिलाएको र पछि पीडितलाई सुन नदिएपछि घटना बाहिर आएको हो । १८ बर्षीया किशोरीमाथि साँझको समयमा बलात्कार भएको र त्यो घटनालाई गतअसार १४ गते गाउँमै तमसुक बनाएर मिलाएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

कार्तिक मसान्तमा पीडित पक्षलाई एकतोला सुन दिने शर्त राख्दै तमसुक बनाइएको थियो । कार्तिक मसान्तमा सुन दिनुको सट्टा पीडितले पीडित पक्षलाई धम्क्याउन थालेपछि बलात्कारको घटना बाहिर आएको हो । यो घटनामा संलग्न सबैलाई कानुनी कठघरामा ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

पीडित किशोरी सहित उनका आफन्तलाई अहिले जिल्ला अस्पातलको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । – सिपी लाेहिया, राजधानीबाट

प्रतिक्रिया