गायक प्रमोद खरेलको`दुनियाँलाई हसाई हसाई´सार्वजनिक (भिडियो सहित)

- November 25, 2020 मा प्रकाशित

काठमाण्डौं । सुगम संगीतमा निकै सफल मानिएका गायक प्रमोद खरेलको आवाजमा रहेको ”दुनियाँलाई हसाई हसाई” गीतको भिडियो सार्वजनिक भएको छ । जिवनमा आइपर्ने प्रेम र विछोडलाई गीतमा समेटिएको छ । आफनो मायामा घात गर्दाको पिडालाई गीतमा समेटिएको छ  ।

ज्ञान बहादुर गुरुङको शब्द तथा टेक नारायण चापागाईँको संगीत संयोजन गीतमा रहेको छ । मायालुले आफुलाई छोडि पराईको साथमा जादाँको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

दिपक गिरीको छायाँकन , निशान एस के को सम्पादन तथा निर्देशन भिडियोमा छ । ”दुनियाँलाई हसाई हसाई” गीतको भिडियोमा समिर खान , गरिमा शर्मा र मोक्तर खानको अभिनय रहेको छ ।

”दुनियाँलाई हसाई हसाई” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/KGXqgtS5Q6w

प्रतिक्रिया