हत्या कि आत्महत्या : झुण्डिएको अवस्थामा वडाध्यक्ष मृत भेटिए

- November 20, 2020 मा प्रकाशित

बेलडाँडी गाउँपालिका–५ का वडाध्यक्ष ५७ वर्षीय कृष्ण बहादुर रोकायाको घर नजिकै रहेको बाबाथान मन्दिरसंगै रहेको रुखमा प्लास्टिकको डोरीले झुण्डिएकोे अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

घटनास्थल मृतक जनप्रतिनिधि रोकायाको घरबाट एक किलोमिटरको दुरीमा रहेको छ । बिहानको ७ बजे तिर घरबाट निस्केका उनको शव झुण्डिएको अवस्थामा फेला परेका थियो । अहिले घटना स्थलमा बेलडाँडी ईलाका प्रहरी कार्यालयको टोली पुगेको छ र आत्महत्या वा हत्या के हो त्यसको बारेमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालयका प्रमुख राजेन्द्र सिंहले बताएका छन् । – सुरेश पन्त, राजधानीबाट

प्रतिक्रिया