छठ पर्व : जनकपुरधामका पोखरीहरुमा बिहानैदेखि भीड

- November 20, 2020 मा प्रकाशित

जनकपुरधाम । जनकपुरधामको पोखरीहरुमा बिहानैदेखि भीड रहेको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिनका लागि ऐतिहासिक गंगा सागर, धनुष सागर, अंगराज सर लगायतका पोखरीमा घुइँचो लागेको छ ।

बिहीवार साँझ खरना समाप्त भएपछि रातिको १२ बजे देखि नै पोखरीको घाटमा अर्घलग्न थालिएको हो । मिथिलाको नदी, तलाउ, पोखरीमा यति बेला भीड बढ्न थालेको छ । ब्रतालुहरू अर्घलाई सुरक्षित साथ राखेर चोखो भएर पूजा पाठ गरिरहेका छन् ।

मुख्यतः जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागर, भूतहीलगायत पोखरीलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाइएको छ ।

जनकपुरधामको गंगा सागरमा छठ पूजा समिति, जनक युवा क्लब, भैरव युवा क्लब र धनुष सागर पोखरीमा गणेश युवा कमिटी र राम युवा कमिटीले सर सजावटको जिम्मा लिएको छ । पोखरी तथा तलाउका घाटसजाउनकै लागि मात्रै वर्षेनी करिब ५० लाख रुपैयाँभन्दा बढी खर्च गरिन्छ ।

आदिकालमा सती अनुसुयाले रोग ग्रस्त पतिलाई नीको हुनको लागि भगवान सूर्य र षष्टी देवीको पुजापाठ गरेकी थिइन । त्यसैगरि महाभारत कालमा पाँच पाण्डवका द्रोपतीले कौरवलाइ पराजित गर्नका लागि सूर्य देवको उपासना गरि छठ पर्व मनाएकी पौराणिक कालमा उल्लेख रहेको छ । छठ पर्व गर्नाले दुख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग नीको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासकोसाथ छठ पर्व मनाउनेगरिन्छ ।

करिब ३६ घण्टासम्म निराहार रहि गरिने यस व्रतलाइ कठोर निष्ठा आस्था र पवित्रताको पर्वको रुपमा स्थापित भएको छ । साँस्कृति विद् डा भोगेन्द्र झाले छठ पर्वका कारण जनकपुरधामको एउटा छुटै पहिचान बनी रहेको बताउनु भयो । प्रत्येक वर्ष कातिक महिनाको शुक्ल षष्टी तिथीका दिन जलासयको किनारमा भगवान सूर्यदेव र षष्टी देवीलाई अर्घ अर्पण गरी छठ पर्व मनाइने गरिन्छ ।

चार दिवसीय छठ पर्वको आज तेस्रो दिन अस्ताउँदै गरेको सूर्यदेव भगवानलाई ठेकुवा, भुसवा, नारियल, केरा, अदुवा, फलफुल सहितका विभिन्न परिकारहरुको अर्घ अर्पण गरिने छ ।

छठ देवी प्रसँग
छठ देवी सूर्य देवक बहन रहेकी छिन हुनत केही स्थानमा आमा पनि भनिएको छ । उहाँलाई नै प्रसन्न गर्न पूजा गरिन्छ । जीवनको महत्वपूर्ण अपवयमा सूर्य वा जलको महत्तालाई मान्दै, छठलाई साक्षी मानेर भगवान सूर्यको आराधना तथा धन्यवाद गर्दै पवित्र पोखरी र तलावको किनारामा पूजा गरिन्छ । षष्ठी माँ अर्थात छठ माता बच्चाहरुलाई रक्षा गर्ने देवी रहेकीछिन । यसैकारण यो व्रत गर्दा सन्तानको लामोआयुको वरदान प्राप्त हुने गरेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार सृष्टी की अधष्ठिात्री प्रकृति देवीले आफनो शरीरलाई छह भागमा विभाजित गरिन । उहाँको अंशको सर्वश्रेष्ठ मातृ देवीको रूपमा जानिएको छ, जो ब्रह्माको मानस पुत्री रहेकी छिन ।

बच्चालाई रक्षा गर्ने देवी छिन । कातिक मासको शुक्ल पक्षको षष्ठीको यसै देवीको पूजा गरिन्छ । शीशु जन्मेको छह दिनमा यसै देवीको पूजा गर्ने मान्यता रहेको छ । उहाँको प्रार्थनाले बच्चाको स्वास्थ्य, सफलता र दीर्घ आयुको आशीर्वाद प्राप्त हुने गरेको छ । जानकारहरुका अनुसार पुराणमा यसै देवीको नाउँ कात्यायनी भनिएको छ, जसको नवरात्रिमा षष्ठी तिथीका दिन पूज ा गर्ने गरिन्छ । – सुजीतकुमार झा, राजधानीबाट

प्रतिक्रिया