महासंघका चन्द्र र किशोर माथी गम्भीर आरोप: नेतृत्व हत्याउन यि समुहले गरे विद्यमान ऐन विपरित काम (भिडियो)

- November 20, 2020 मा प्रकाशित

रोशन कार्की

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आगामी मसिर १३ गतेदेखि काठमाडौंमा हुने भएको छ । सो साधरण सभाले महासंघको नयाँ नेतृत्वको समेत चयन गर्ने भएकाले अहिले दुई समुह चुनाबी मैदानमा उत्रेका छन् । सो नयाँ नेतृत्व चयनकालागि महासंघले मतदानमा सहभागिता जनाउन पाउने सदस्यहरुको टुंगो लगाएसंगै मतदाता खरिद सम्मको गैरकृयाकलापले समेत तिब्रता पाएको छ । महासंघको आसन्न निर्वाचनमा जनताको पैसामा रजाँई गरी आफुअनुकुल रकम चलाउदै आएका चन्द्र ढकाल र उद्योगधन्दा नै नभएका किशोर प्रधान समुहबीच प्रतिस्पर्धा हुन गई रहेको छ । किशोर प्रधानसंग कुनै पनि उद्योग सञ्चालनमा नभएकाले उनलाई पुर्वअध्यक्षहरुले साथ दिएपनि सो अधिबेशनमा अत्याधिक पैसाको खेल हुने भएकाले किशोर प्रधान समुहबाट एकाएक ‘शेखर गोल्छा समुह’ बनाएर चुनाबी प्रचारमा किशोर समुह लागेको छ । भने उता तत्कालिन नेकपा एमाओबादीका अध्यक्ष पुष्पकमल दाहालको पैसा र जनताले बचत गरेको ग्लोबल आईएमई बैंकको पैसाबाटै चुनाबी प्रचारमा लागेका अर्का उम्मेदबार चन्द्र ढकाल मुद्दै मुद्दाको चाँङमाथीबाट चुनाबी प्रचारमा लागेका छन् ।

तत्कालिन समयमा मलेशियामा खुलेको आईएमई मनि ट्रान्सफर भन्ने सस्था बेचेर उतै रकम लुकाएको, चन्द्रगिरी हिल्समा विद्यमान ऐनलाई लत्याउदै होटल बनाएको, सरकारी जग्गा अतिक्रमण गरेको, चन्द्रागिरी डाँडोबाट बहुमुल्य पथ्थर अबैधरुपमा भारत निकासी गरेकालगायत अन्य मुद्दालागेका ढकाल अहिले पैसाकै बलमा चुनाबी मैदानमा उत्रेको आरोप समेत पुर्वअध्यक्षहरुले लगाएका छन् । उता प्रधानपनि महासंघकै आँडमा भित्रिरुपमा भन्सार नाकाबाट अबैध सामान नेपाल भित्राउन केही माडवरी व्यापारीलाई सहयोग गरी कमिशन लिदै आएको आरोप समेत लगाएका छन् । एक सदस्यका अनुसार किशोर प्रधानले विरगञ्ज विराटनगर भन्सार कार्यालयका प्रमुखसंगको अबैध साँठगाँठ गरेर विना भन्सार व्यापारीहरुको सामान नेपाल भित्राउन सहयोग गर्ने गरेको र सो गरेवापत कमिशन संकलन गर्दै आएको भन्ने आरोप समेत नाम गोप्य राख्ने सर्तमा बताएका छन् । किशोर प्रधानले भारतबाट अत्याधिकमात्रामा चिनी नेपाल भित्राउन सहयोग गरेको समेत आरोप लागेको छ । यसरी मुद्दा र भन्सार राजश्व छलीमा संलग्न व्यवसायीबीच अहिले महासंघको नेतृत्व हत्याउन लागि परेका छन् । तत्कालिन कुशकुमार जोशीको समयबाट राजनैतिक हस्तक्षप सुरु भएसंगै अहिले महासंघमा खुलेर दलको निर्देशनमा काम कारबाही हुदै आएको छ । महासंघको निर्वाचन समितिले यही मंसिर ११–१३ गते हुन लागेको ५४ साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनका लागि जिल्ला तथा नगर, वस्तुगत, एशोसिएट्स, द्धिराष्ट्रिय र संस्थापक सदस्यसहितको नामावली प्रकाशन ग¥यो तर सो सूचीमा कम्पनीनै नभएको संस्थालाई मतदाता नामाबलीमा समेटेसंगै महासंघ विवादको घेरामा परेको छ । समितिले प्रकाशन गरेको नामावलीमा जिल्ला तथा नगरतर्फ १ सय ७ वटा उद्योग वाणिज्य संघ छन् ।

त्यस्तै, १२ वटा जिल्ला तथा नगरतर्फबाट १२ वटा संस्थापक सदस्यलाई सो नामावलीमा समावेश गरिएको छ । वस्तुगततर्फ विभिन्न संघ तथा विषयगत महासंघ समेत गरी १ सय १ संस्थाका प्रतिनिधि मतदानमा सहभागी हुने भएका छन् । एशोसिएट्स समूहतर्फ कुल ९ सय २३ वटा व्यवसायिक फर्महरुले मतदान गर्न पाउनेगरी अन्तिम नामावली प्रकाशन गरिएको छ । द्धिराष्ट्रिय सदस्यको तर्फबाट १२ वटा उद्योग वाणिज्य संघहरुको प्रतिनिधित्व रहेको छ । वरिष्ठ उपाध्यक्षका लागि जिल्ला तथा नगरतर्फबाट ५० प्रतिशत, एशोसिएट्सतर्फ ३० प्रतिशत र वस्तुगत समूहतर्फ २० प्रतिशत मतभार हुने व्यवस्था गरिएको छ । वरिष्ठ उपाध्यक्षका लागि मतदान हुँदा विभिन्न समूहका लागि फरकफरक मतभार निर्धारण गरिएको छ । सबै मतभारलाई १ सय प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा बिजयी हुने छ । यदि पहिलो चरणमा ५१ प्रतिशत मत नआएमा बढी मत प्राप्त गर्नेबीच प्रतिस्पर्धा हुन्छ र त्यसमा जसले बढी भोट ल्याउछ उही बिजयी हुने व्यवस्था रहेको छ । विधानअनुसार जिल्ला नगर वाणिज्य संघको ५० प्रतिशत मतभार हुन्छ । वस्तुगतको २० प्रतिशत हुन्छ भने एशोसिएट्सको ३० प्रतिशत भार हुने गरेको छ । यसमा द्धिराष्ट्रिय समूह एशोसिएट्समा समेटिएको छ । संस्थापक समूह जिल्ला तथा नगर सदस्यमा समावेश गरिएको छ । विशिष्ठ, मानार्थ सदस्य लगायतलाई एशोसिएट्सकै हैसियत दिइएपनि उनीहरुलाई निर्वाचनमा सहभागी गराउने व्यवस्था भने गरेको छैन ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानको समुह सहित प्रतिस्पर्धामा उत्रेका छन् । उपाध्यक्षतर्फ एशोसिएट्समा रामचन्द्र सांघाई तथा सौरभ ज्योति, जिल्ला तथा नगरमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ तथा वस्तुगतमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा उत्रेका छन् । महासंघकाले मतदाता नामावली प्रकाशन गरेसंगै लापरबाही समेत गरेको भेटिएको छ । महासंघको आसन्न निर्वाचनको मतदाता नामावली प्रकाशनमा अस्तित्वमै नरहेको कम्पनीलाई समेत मतदाता नामावलीको सूचीमा निकाले पछि महासंघ निर्वाचन कमिटिले गम्भिर त्रुटि गरेको महासंघ सम्बद्ध सदस्यहरुले बताएका छन् । महासंघ निर्वाचन कमिटीले यस अघि मर्जर तथा एक्विजिशनमा गएर आफ्नो अस्तित्व नै गुमाईसकेका पब्लिक कम्पनीहरु मतदाता नामावली सूची ८०७ को कैलास विकास बैंक, ८०८ को ओम फाइनान्स, ८३५ को गोर्खा फाइनान्स, ८५९ को टुरिजम डेभलपमेन्ट बैंक र ८६० को देव विकास बैंकलाई मतदाता नामावली सूचीमा प्रकाशित गरेपछि अहिले विवादमा परेको छ । मतदाता सूचीमा हुदै नभएको कम्पनीलाई समेटेर नामावाली सार्वजनिक भएपछि सो नाम पछिल्लो समयमा आएर हटाइएको महासंघले जनाएको छ । (भिडियो साभार : प्राइम टाइम्स टेलिभिजन)

 

 

 

प्रतिक्रिया