सिन्धु विकास बैंकको उत्पादनशील र कृषिका साथै सान उद्योगमा लगानी (भिडियो सहित)

- November 19, 2020 मा प्रकाशित

काठमाडौं । सिन्धु विकास बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सो बैंकबाट उत्पादनशि, कृषि र साना उद्योगमा बढी लगानी रहेको बताएका छन । सिन्धु विकास बैंकले ३ जिल्ला कार्य क्षेत्र बनाएर कारोबार सुरु गरेको छ । यस बैंकले प्रदेश नम्बर ३ का काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लामा बैंकिङ सेवा दिई सकेको छ भने अन्य क्षेत्रमा पनि शाखा विस्तार गर्दै जाने बताएका छन् ।
स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने भनिएपनि बैंकिङ पहुँच नपुगेका सबै स्थानीय तहमा वाणिज्य बैंकहरु जान नमानेपछि नेपाल राष्ट्र बैंकले विकास बैंकहरुलाई पनि स्थानीय तहमा जान निर्देशन अनुसार गाँउगाँउ सम्म सिन्धु विकास बैकले सेवा दिएको दाबी अध्यक्ष श्रेष्ठले गरेका छन । सिन्धु विकास बैंकले विभिन्न नीति नियमहरु समयसापेक्ष परिवर्तन हुँदै आएका छन् । नीति नियम परिवर्तन (संशोधन) भइरहे पनि बैंकले आफ्ना सेयरधनीहरुलाई राम्रै मुनाफा दिँदै आइरहेको छ । हालसम्म १ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४५ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको जनाएको छ ।

 

मर्जर प्रयास जारी राख्दै पूँजी वृद्धिका लागि आफैँ प्रयास गर्ने सिन्धु विकास बैंकको योजना रहेको छ यसका अलावा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा लगायतका जिल्लाका विकट क्षेत्रमा बैंकिङ पहुँच वृद्धि गर्ने हाम्रो योजना रहेको छ । बैंकिङ पहुँच पुग्न बाँकी रहेका स्थानीय तहहरुमा उच्च प्राथमिकताका साथ शाखा विस्तार गरी बैंकिङ पहुँच वृद्धि गर्नेे योजना रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
हाल भइरहेका विकासका कामहरु सबै शहरकेन्द्रित भएकाले मानिसहरु शहरमा नै बस्न रुचाउने गरेका छन् । ग्रामिण क्षेत्रको विकास भएर मात्रै देश विकास भएको महशुस गरेको उनले बताए । नेपालमा नयाँ संविधान जारी भए पश्चात बनेको नयाँ संघीय संरचना अनुसार निर्माण भएका सबै स्थानीय तहमा बजेटहरु गएका छन् । अब भने ग्रामिण क्षेत्रमा क्रमश विस्तारै विकास भइरहेको छ । यससँगै अब बैंकिङ पहुँच पनि पुग्छ । ग्रामिण भेगमा बैंकिङ पहुँच वृद्धिका लागि बैंकिङ शिक्षाको आवश्यकता रहेको उनले बताए ।

सरकारले स्थानीय तहमा शाखा खोल्नका लागि वाणिज्य बैंकलाई बढी प्राथमिकता दिएको छ । विकास बैंकहरु पनि स्थानीय तहमा जान तयारी अवस्थामा छन् । सिन्धु विकास बैंकको मात्रै कुरा गर्ने हो भने हामीले तीन वटा स्थानीय तहमा शाखा खोलिसकेको जनाएका छन् । थप अन्य स्थानहरुमा पनि शाखा खोल्नका लागि प्रयत्नशीलमा रहेको जनाएका छन् । विकास बैंकहरुले बढी विकट क्षेत्रमा नै सेवा दिइरहेका छन् । वाणिज्य बैंकहरुको तुलनामा ग्रामिण भेगमा धेरै बैंकिङ सुविधा दिने भनेका नै विकास बैंक हुन् । यसर्थ विकास बैंकहरु बैंकिङ पहुँच नपुगेका स्थानीय तहहरुमा आफ्ना शाखा विस्तार गरेर बैंकिङ सेवा दिने तयारीमा रहेको अध्यक्ष श्रेष्ठले बताए । बैंकिङ पहुँच नपुगेको स्थानीय तहमा शाखा खोल्न सबैभन्दा बढी भौगोलिक समस्या छ । पहाड, डाडा–काँडामा यातायातको सुविधा समेत नपुगेको हुँदा त्यहाँ शाखा खोल्न चुनौतीहरु देखिएको बताए । फण्ड म्यानेजमेन्ट, कर्मचारी व्यवस्थापन लगायतका चुनौतीका साथै विकट क्षेत्रमा दक्ष कर्मचारीको अभाव हुँदा शाखा खोल्नका लागि काठमाडौं लगायत शहरी क्षेत्रबाट कर्मचारी लैजानुपर्ने चुनौती समेत रहेको उनले बताए । (भिडियो साभार : प्राइम टिभी)

प्रतिक्रिया