महासंघको केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका श्रेष्ठद्ववको उम्मेदवारी

- November 17, 2020 मा प्रकाशित

सिन्धुपाल्चोक । नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं अधिबेशनमा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सिफारिसमा श्रेष्ठले उम्मेदवारी दिएको बताएका छन् । महासंघको केन्द्रीय सदस्य रहेका श्रेष्ठले बागमती प्रदेशको तर्फबाट उम्मेदवारी दिएको बताएका छन । उद्योग व्यवसायको स्तरबृद्धिका साथै उद्योगीहरुको हकहितकालागि आफुले केन्द्रीय सदस्यमा उम्मेबारी दिएको बताए ।

महासंघमा जिल्ला नगरको समस्या तथा अवस्था सुधार गर्नु पर्ने भएकाले सो समस्याको समधान गर्न र अबस्था सुधार्ने आफ्नो पहिलो काम हुने समेत श्रेष्ठले बताएका छन् । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको दुई कार्यकाल अध्यक्ष भएका श्रेष्ठले जिल्ला तथा नगरको समस्याका बारेमा धेरै समस्या रहेको र सो समस्या समधान गर्नु गर्न आबश्यक रहेका समेत बताउदै आएका छन् । यसैगरी महासंघको ५४ औ साधारण सभाबाट हुने निर्वाचनममा खुला सदस्यको तर्फबाट सिन्धुपाल्चोककै कमल श्रेष्ठले समेत उम्मेदबारी दिएका छन् । मंसिर ११–१३ मा अधिबेशन हुदै छ ।

प्रतिक्रिया