फूलैफूलको पर्व तिहार

- November 9, 2020 मा प्रकाशित

काठमाडौं : तिहारलाई फूलैफूलको पर्व भनिन्छ। तिहारमा फूलको प्रयोग र माग अत्याधिक हुने गर्छ । विशेषगरी तिहारको लागि  सयपत्री, मखमली, गोदावरी जस्ता फूलको माग बढी हुन्छ । तिहारका लागि भनेर घरघरमा पनि फूल फूलाइन्छ भने बेचबिखनका लागि पनि किसानहरूले सयपत्री, मखमली, गोदावरी फूल लगाउने गर्छन् । 

ढकमक्क फुलेको सयपत्री र मखमली हेर्दा छुट्टै आनन्द हुन्छ। यसले घर अफिस सबैतिर सुन्दरता थप्छ। तिहारमा घर सजाउनका लागि तथा काग, कुकुर, गाई र दाजु-भाइ पूजा गर्न, सयपत्री-मखमली फूल सबैका लागि मन पर्छ। काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, पर्सिपल्ट गाई हुँदै गोवर्द्धन पूजा र भाइटीकामा सयपत्री र मखमली प्रयोग हुन्छ।

तिहारको रौननसँगै राजधानीका विभिन्‍न स्थानमा फूल विक्रिका लागि राखिएको छन्। राजधानीका विभिन्‍न स्थानमा किसानहरूले सयपत्री, मखमली, गोदावरी फूल टिप्दै गरेका केही दृश्यहरू सुनिता डंगोलले कैद गरेकी छिन्। अन्नपूर्णबाट

प्रतिक्रिया