टुँडिखेलमा फूलपाती बढाइँ

- October 23, 2020 मा प्रकाशित

नेपाली सेनाले शुक्रबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह गरेको छ । सेनाले यस वर्षको फूलपाती बढाइलाई विशेष रुपमा गरेको हो । फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी  प्रमुख अतिथिका रुपमा उपस्थित थिइन् । सँगै समारोहमा, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, संवैधानिक निकायका प्रमुख र मन्त्रिपरिषद्का सदस्यको उपस्थिति थियो ।

नेपाली सेनाले कोरोना संक्रमणको त्रासको समयमा फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा कार्यक्रम गरेको बताएको छ । अघिल्ला वर्ष सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ  हर्षोल्लासका साथ मनाउँदै आएको थियो । यस वर्षको बढाइँ भव्य भए पनि उपस्थिति भने विशेष व्यक्तित्वको मात्र थियो । दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपतिमा नेपाली सेनाको सम्मान गारतले सलामी अर्पण गरे पश्चा्त बढाइँटोलीले राईफलबाट विभिन्नस पाटाहरुबाट छिटो लहरे बढाईं, लहरे बढाईं, एकठ्ठा बढाइँर तोपबाट बढाइँगरेको थियो । उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरेको थियो । कोरोनाका कारण यस पटक विगतको भन्दा धेरै सानो टुकुडीले मात्र बढाइँकवाज प्रदर्शन गरेको छ ।

त्यसैगरी शुक्रबार गोरखाबाट ल्याइएको फुलपाती हनुमानढोका भित्र्याइएको छ । काठमाडौंको दसैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको हो । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमल पुगेको थियो । डमलबाट डोलीमा राखेर फूलपाती हनुमान ढोका ल्याइएको थियो । फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेस गरिएको हुन्छ । यसलाई नवदुर्गाको प्रतिकको रुपमा दसैंघरमा भित्र्याउने चलन छ । अन्नपूर्णबाट

प्रतिक्रिया