प्रजातान्त्रिक महासंघको सुचना प्रविधिको सचिबमा निरज तामाङ नियुक्त

- October 23, 2020 मा प्रकाशित

काठमाडौ । नेपाल प्रजातान्त्रिक महासंघको सूचना प्रविधि तथा प्रचार बिभागको केन्द्रिय सचिवमा निरज तामाङ नियुक्त भएका छन् । नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले तामाङलाइ सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । डेढ दशकदेखि टेलिभिजन पत्रकारितामा सक्रिय रहेका तामाङ हाल जनता टेलिभिजनमा वरिष्ठ संवाददाताको रुपमा कार्यरत रहेका छन् । यस अघि पत्रकार तामाङ महासंघको केन्द्रीय सूचना,प्रविधि तथा प्रचार बिभागको केन्द्रिय सदस्यमा मनोनयन भएका थिए । नवनियुक्त सचिव तामाङले सूचना प्रविधि तथा प्रचार बिभागको सचिव पदमा नियुक्ति गरेकोमा आफु उत्साहित भएको र महासंघको लक्ष्य र उदेश्यलाइ थप उचाइमा पुर्याउन जिम्मेवारीका साथ अघि बढ्ने दृढता व्यक्त गरेका छन् ।

प्रतिक्रिया