केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णालीका लागि काम सुरु

- October 18, 2020 मा प्रकाशित

काठमाडौं । कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ) इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडसँग मिलेर डिजिटल कर्णालीका लागि काम गर्ने सहमति भएको छ । केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिज्मलाई बढावा दिने क्रियाकलापहरूको लागि काम गरिरहेको छन । वर्ल्डलिंक कम्युनिकेशन्सले नेपालका दुर्गम र ग्रामीण क्षेत्रमा आफ्ना सेवाहरू विस्तार गर्दैछ । वर्ल्डलिंक कम्युनिकेशन्सको प्रयासले समाजका विपन्न वर्गलाई इन्टरेटसँग जोडिएका र नजोडिएका बीचको ठुलो भिन्नता लाई कम गर्न मद्दत पु¥याउदै आएको छ । अहिलेको कोभिड १९ महामारीको बीच यसले पुष्टि गरी सकेको छ कि विद्यालय, व्यापार लगायत अनलाइनको प्रयोग सँगै इन्टरनेटको महत्व झनै बढेर गएको छ । केबीसीएफका अध्यक्ष राधेश पन्तले यस साझेदारीको महत्वमाथि जोड दिएका छन् ।

“यस क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ, त्यसैले दीर्घकालीन र दिगो विकासको लागि एउटा बलियो आधारशिला निर्माण गर्नु महत्वपूर्ण छ । यस सम्बन्धमा डजिटल अर्थतन्त्रको लागि चाहिने सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो पूर्वाधार हुनु महत्वपूर्ण हुनेछ । हाम्रो उद्देश्य यस क्षेत्रकालाई विकास प्रक्रियामा अगाडि बढ्नका लागी सहयोग गर्नु हो र यो अग्रगामी उद्देश्य प्राप्त गर्न वर्ल्डलिंक कम्युनिकेशन्स एक निर्विकल्प तथा विश्वासिलो साझेदार हो ।” उनले भनाई रहेको छ । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष तथा संस्थापक निर्देशक दिलीप अग्रवालले भने, ‘हामी विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ उठाउन व्यवसायी, समिुदायिक समूह र व्यक्तिहरूको लागि इन्टरनेटको पहुँच पुर्‍याउने दिशामा संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने छौं, सबैका लागि, जहाँ पनि जतिबेला पनि जोडने, हाम्रो संस्थाको मुल्य र मान्यतासँग पुर्ण रुपले मेल खाएको हुँदा यो कार्यक्रमलाई पूर्ण रुपमा सघाउने छौ ।’ दुबै पक्षले रोजगारी सृजना र स्थानीय उद्यमी एवम मध्यम तथा साना उद्यमीहरूलाई सहयोग पुर्याउन आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न सँगै मिलेर काम गर्ने वाचा गरेका छन् । दुबै केबीसीएफ र वर्ल्डलिंकले स्थानीय उत्पादन र दिगो स्थानीय आपूर्तिको चक्रलाई सहयोग र समर्थन गर्न मद्दत दाबी गरिएको छ । यो रणनीतिक साझेदारीले केआरबीका व्यक्ति र समुदायहरूलाई डिजिटल रूपमा समर्थन गर्दै र समृद्धिलाई अगाडि बढाउन प्रेरणा दिदै एकसाथ अवसरहरू प्रदान गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया