गोर्खा ब्रुअरी र चौधरी ग्रुपद्वारा उत्पादन गरेको अधिकाशं उत्पादन गुणस्तहिन

- October 17, 2020 मा प्रकाशित

जनस्वास्थ्यमा खेलबाड, सरकारी निकाय बेखबर

रोशन कार्की

काठमाडौं । गोर्खा बु्रअरी नामक कम्पनीलाई सरकारी निकायले चासो नदिएकै कारण पछिल्लो समयमा जनस्वास्थ्यमा खेलबाड गर्दै आएको छ । सो कम्पनीले मापदण्ड नपु¥याई विभिन्न ब्रान्डका बियर उत्पादन गरी बजार पठाएसंगै जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको गुनासो सहितका पत्रहरु आउनेक्रम जारी रहेको छ । खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर विद्यमान ऐन र मापदण्डविपरीत उत्पादन गरि आन्तरिक राजस्व विभागबाट विना चेकजाँच स्वीकृति दिएसंगै सो कम्पनीसंग सरकारी निकायकै कर्मचारीको मिलिमतोमा गुणस्तरहिन मदिरा उत्पादन गरी मंहगोमा बिक्री गर्दै आएको आरोप समेत लागेको छ । ती बियर मापदण्डविपरीत र स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि विभागले बियरका रूपमा बजारमा बिक्री वितरण गर्नसमेत रोक लगाएको भनेपनि अहिले त्यो खुला रुपमा बिक्री भैरहेको छ । विभागले वर्गीकरणमार्फत ती बियरलाई ‘लोकल रक्सी’ को सूचीमा राखेको छ । सरकारी निकायकै उच्च कर्मचारीको मिलिमतोमा गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्दै आएपनि सो कम्पनीमाथी कुनै अनुसन्धान गर्ने आँट सरकारी निकायले गर्न सकेको छैन । बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान रहेको छ तर गोर्खा ब्रुअरीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी मंहगोमा बिक्री गर्दै उपभोक्तालाई ठगिरहेको पाइएको छ । गोर्खा ब्रुअरीले उत्पादन गरेका काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर गुणस्तरहीन भएकाले त्यस्ता बियरको प्रयोगमा कुनै रोक समेत सरकारले लगाएको छैन ।

‘गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरेर सर्वसाधारणलाई छक्याउने काम गरेको छ । यो उसको ठूलो बदमासी भएपनि सरकारी निकाय यस सम्बन्धमा मौन बसेको छ । गोर्खा ब्रुअरीमाथी लागेको आरोपका सम्बन्धमा पटकपटक सो कम्पनीमा सम्र्पक गर्दा फोन उठेन । उसले अहिले कानुनी रूपमा बच्न विभिन्न बहानाबाजी गरिरहेको छ । लकडाउनका बेला अनुुगमन नहुने र दसैंको समयमा अकुुत रूपमा नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि खेलबाड गर्दै आएको छ । अन्तःशुल्क लाग्ने मदिरा, चुरोट वा सुुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको त्यस्तो वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुुल्क ऐनमा छ । आन्तरिक राजस्व विभागले एक हप्ता कम्पनी नै बन्द गराएर अध्ययन गरेपछि गोर्खा बु्रअरीको बदमासी सार्वजनिक भएको हो । मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि विभागले कमसल खालको दर्जामा पर्ने गरी नयाँ अन्तःशुल्क निर्धारण गरिदिएको छ । आन्तरिक राजस्व ऐनले जौबाट बनेको बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ निर्धारण गरेको छ । गोर्खा ब्रुअरीले जौबाट बनेको बियर भन्दै प्रतिलिटर १६५ रुपैयाँ नै तिर्न खोजेपछि आन्तरिक राजस्व विभाग कारबाहीमा उत्रेको हो । मापदण्डविपरीत उत्पादन भएको पाइएपछि कारबाहीस्वरूप ४ सय ३० रुपैयाँ कायम गरिएको विभागले जनाएको छ । माल्ट ५० प्रतिशतभन्दा कम भएपछि ऐनकोे २२०६.००.९० अनुसार प्रतिलिटर ४ सय ३० रुपैयाँ तिर्नुुपर्ने बताइन् । गोर्खा ब्रुअरीका केही ब्रान्डमा समस्या रहेपनि सरकारी निकायबाट कारबाही हुन्छ अनुसन्धान गरि रहेका छौ भन्दै पन्छिने काम विभागका अधिकारीहरु लागि रहेका छन् ।

बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्यसरहको अन्तःशुल्क तिर्नुपर्ने गोर्खा ब्रुअरीलाई निर्देशनसमेत दिएको हो । विभागले प्रशोधित जौको मात्र बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै बियरको मान्यतासमेत दिएको छैन । गोर्खा ब्रुअरीले विभागले कायम गरेको अन्तःशुल्क तिर्न आनाकानी गरेपछि गोर्खा बु्रअरीको नयाँ उत्पादन बजारमा लान दिइएको छैन । कम्पनीले भने नयाँ अन्तःशुल्क नभई पुरानै अन्तःशुल्कमा बियर बजारमा पठाउन आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई दबाब दिँदै आएको छ । आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरी, माउन्ट एभरेस्ट ब्रुअरी, हिमालयन ब्रुअरी, यती ब्रुअरी, शेर्पा बु्रअरी, सिजी ब्रुअरी, नेपाल ब्रुअरी, टाइगर ब्रुअरी, याक ब्रुअरी, राज बु्रअरी लगायतका १० वटा कम्पनीका उत्पादनका वियरहरु गुणस्तहिन पाईएको छ । जौभन्दा कनिका सस्तो पर्ने भएकाले गोर्खा बु्रअरीले लोकल रक्सीमा जस्तै कनिकाको मात्रा बढी प्रयोग गरी बियरका पारखीको स्वास्थ्यमा खेलबाड गरेको छ । गोर्खा ब्रुअरीले उत्पादन गर्दै आएको चर्चित बियर टुबोर्ग, काल्सबर्ग र सानमिगल नै सबैभन्दा गुणस्तहिन रहेको छ । त्यसैगरी चौधरी ग्रुपले उत्पादन गरेको वियरपनि गुणस्तहिन भएको पाईएको छ । उक्त वर्गीकरणअनुसार नै आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय कावासोतीलाई पत्र लेखी टुबोर्ग, काल्सबर्ग र सानमिगललाई उच्च दरमा अल्कोहल मिश्रित मदिरासरह अन्तःशुल्क लगाउन निर्देशन दिएको हो । गोर्खा ब्रुअरीले सर्वसाधारणलाई ठगी गर्नकै लागि यसरी झुक्याउने गरेको छ । अहिले उसले इन्ग्रिडेन्ट्स परिवर्तन गरेर उत्पादन सुरु छ ।

खेतान समुहको गोर्खा ब्रुअरीलाई किन छुट : गुणस्तहिन वियर उत्पादनसंगै अर्वभन्दाबढी कर छली (भिडियो सहित)

प्रतिक्रिया