सागर श्रेष्ठले स्थापना गरे आमाबुबाको सम्झनामा ‘पत्रकारिता पुरस्कार कोष’

- October 16, 2020 मा प्रकाशित

मेलम्ची (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ मेलम्ची नगरपालिकाका स्थायी बासिन्दा तथा पुर्वसञ्चारकर्मी सागर श्रेष्ठले आफ्ना बुबाआमाको सम्झनामा पत्रकारिता पुरस्कार कोषको स्थापना गरेका छन् । नेपाली काँग्रेसका सञ्चार तथा प्रचार विभाग केन्द्रीय सदस्य तथा महासमिति सदस्य समेत रहेका सागरले आफ्नो जन्मदिनको अबसर पारेर २५ हजार रुपैयाँ राशिको पुरस्कार कोषको घोषणा गरेको बताएका छन् । सागरले आफ्नो बुबा स्वर्गीय सुरेन्द्रकुमार श्रेष्ठ र आमा कमला श्रेष्ठको नाममा सो पुरस्कार स्थापना गरेका छन् । सो पुरुस्कार कोषबाट प्रत्येक वर्ष एक पत्रकालाई प्रदान गर्ने उनले बताए ।

सो कोष नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोक अन्तरगत रहने गरी स्थापना गरिएको छ ।  उनले जिल्लामा क्रियाशील पत्रकारहरुमध्येबाट छानेर एकजनालाई सो पुरस्कार प्रदान गर्ने बताएका छन् । नियमित रुपमा वर्षेनी पुरस्कार दिने र वर्षैपिच्छे पुरस्कार राशिको रकम बढाउदै जाने पनि उनले बताएका छन् । सामाजिक कार्यमा समेत सकृय श्रेष्ठ पछिल्लो समय होटल व्यवसायमा सकृय भएका छन् ।  श्रेष्ठले भने,‘मलाइ जन्म दिने बा–आमा प्रती सदैब ऋणी छु । सहयोगी परिवार मेरा पथ प्रदर्शक हुन, छोराछोरीको माया, श्रीमतीको अबिचलित साथ मेरो जीबनलाइ सार्थक तुल्याउने प्रेरणाका स्रोतको रुपमा रहेका छन्, असंख्य आफन्तहरु मेरा परिवार तुल्य समकालीन साथिहरु श्रदेय अग्रजहरुको माया, सद्भाव प्रेरणा, आशिर्वाद र शुभेच्छाले आज जीबनमा थप प्रेरणा, उत्साह र उर्जा प्राप्त हुन पुगेको र जन्मदिन मनाउने रकमले बा–आमाको नाममा पुरुस्कारको घोषणा गर्न उर्जा थपिन गएको छ ।’

 

प्रतिक्रिया