नेपाल चेम्बर अफ कमर्स वाणिज्य र आर्थिक सम्बृद्धिमा लागि रहने प्रतिबद्धता

- October 13, 2020 मा प्रकाशित

काठमाडौं । बि.स. २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्स नेपालको सबै भन्दा पुरानो र अग्रणी वाणिज्य संगठन रहेको सो संस्थाका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका छन् । बि.स २०१२ (सन् १९५५) मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको थियो । चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको बिकाश र आर्थिक सम्बृद्धि तथा अन्य ब्यावसायीक गतिविधिका क्षेत्रमा यस संस्थाले अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको बताउदै सो कार्यमा अझै चेम्बर सकृय रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ ।

यसका साथै नेपाल चेम्बर अफ कमर्स “चेम्बर आन्दोलन” लाई अभियानको रुपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समेत समर्पित रहेको जनाइएको छ । चेम्बरले नीजि र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको छ । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघलगायत द्धिपक्षीय वाणिज्य तथा उद्योग संघहरुको प्रतिनिधित्व गर्दछ । रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रका संघ संस्था, द्विपक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आवद्ध रहेका छन्। । नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरुसंग आर्थिक कृयाकलाप विस्तार गर्न समझदारी पत्र मार्फत सम्बन्ध स्थापित गरेको सो संस्थाले जनाएको छ ।

चेम्बरको सात दशकको कोशेढुङ्गा

0 वि.स. २००७ सालमा “वणिक मण्डल” गठन भई चेम्वरको पहिलो सुरुवात ।
0 वि.स. २००९ साल असोज २७ गते अखिल नेपाल व्यापार संघको नामवाट दर्ता ।
0 वि.स. २०१० साल कार्तिकमा प्रथम साधारण सभाले नाम परिवर्तन गरी नेपाल चेम्बर अफ कमर्स कायम ।
0 वि.स.२०१२ तथा वि.स.२०१६ मा क्रमश : मित्र राष्ट्र चीनका महामहिम प्रधानमन्त्री श्री चाउ एन लाइ तथा मित्र राष्ट्र भारतका प्रधानमन्त्री श्री जवाहरलाल नेहरुको सम्मानमा स्वागत समारोह आयोजना गरिएको ।
0 वि.स.२०१९ साल जेष्ठ १९ गते राष्ट्रिय निर्देशन ऐन २०१८ अन्र्तगत राष्ट्रिय निर्देशन मन्त्रालयमा व्यवशायिक संगठनको रुपमा सोहि नाममा दर्ता ।
0 बि.सं. २०२२मा नेपाल चेम्वर अफ कमर्सको पहलमा : उद्योग वाणिज्य संघ  (हाल नेपाल उद्योग वाणिज्य महासंघ ) स्थापना गरिएको ।
0 वि.स.२०३४ सालमा विभिन्न कार्यक्रम गरि चेम्वरको रजत महोत्सव सम्पन्न ।
0 वि.स.२०४२ सालमा चेम्वर भवनको निर्माण ।
0 बि.सं. २०५२ सालमा त्रिभुवन बिमान स्थलमास्व. श्री ५ वीरेन्द्रको गद्धी आरोहण रजत महोत्सवको उपलक्षमा एअरपोर्ट गेट निर्माण गरिएको ।
0 वि.स.२०५६ देखि निकासीमा उल्लेख्य योगदान पु¥याउने संस्था तथा कम्पनीहरुलाइ सम्मान गर्ने परम्परा सुरुआत ।
0 वि.स. २०५९ सालमा नेपाल चेम्बर अफ कमर्स स्थापनाकालको ५० औ वर्षमा स्वर्ण महोत्सवको अवसरमा बिभिन्न प्रवद्र्धनात्मक कार्यक्रम आयोजना ।
0 वि.स.२०६२ सालमा चेम्वरद्धारा ताहाचलमा नयां भवन खरिद ।
0 वि.स. २०६९ सालमा सम्माननीय राष्ट्रपति रामवरण यादवज्यूको प्रमूख आतिथ्यतामा नेपाल चेम्बर अफ कमर्स स्थापनाकालको ६० औ वर्षमा हिरक महोत्सवको अवसरमा बिभिन्न प्रवद्र्धनात्मक कार्यक्रम आयोजना ।
0 मुलुकभरका उद्योगी तथा ब्यवशायीहरुको संलग्नता भएको नेपाल चेम्वर अफ कमर्सको बिधान मन्त्रिपरिषद्बाट बि.सं. २०७४ सालमा संसोधन भइ तदनुरुप नेपालको संघीय प्रणाली बमोजिम नेपाल चेम्बरलाइ महासंघको संरचनामा प्रदेश, जिल्ला,  नगर तथा गाउपालिका तह र वस्तुगत संघ, आवद्ध संघ तथा द्धि राष्ट्रिय संघ संस्थाहरुसम्म सदस्यहरु बिस्तार भएको । यस प्रकार ७ वटै प्रदेश, ६७ वटा जिल्ला र ४६ वटा नगर चेम्वर गठन भइ सकेको छ ।

प्रतिक्रिया