‘जाग युवा हो…’ भन्दै इन्दु (भिडियाेसहित)

- October 7, 2020 मा प्रकाशित

काठमाडौं, प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो…’ सार्वजनिक भएको छ । इन्दु दनुवारको शब्द, सुरज लामिछानेको संगीत तथा कथा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

यादव पुडासैनीको निर्देशन, नारायण रिजालको कोरियोग्राफी र सुरजको सहनिर्देशन रहेको गीतको भिडियोमा दीलिप रायमाझी, इन्दु दनुवार, बालकलाकार आस्तिक रिजालले अभिनय गर्नुभएको छ ।

सुरेश बज्राचार्यको छायाँकन रहेको गीतको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन छ । गीतले राष्ट्रियताका विषयमा अब युवहरू जाग्नु पर्ने सन्देश दिएको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कुष्ट बनेको छ । ‘हामी सबैले मिलेर राष्ट्रिय जागरण गीतको भिडियो स्रोतारदर्शकमाझ ल्याएका छौ, सबैले माया गरिदिनुहुेनेमा आशावादी छौं’, सङ्गीतकार सुरजले भन्नुभयो ।https://www.youtube.com/watch?v=oqoe4tN11cs&feature=emb_logo

प्रतिक्रिया