ट्रोलिङको शिकार भइन् ऐश्वर्या र अभिषेक बच्चनकी छोरी आराध्या, कारण यो फोटो

- November 21, 2019 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 

सोसल मिडियाको जमानामा ट्रोलिङ सबैभन्दा ठूलो ट्रेन्ड बनिसकेको छ । बलिउड सेलिब्रिटी यसको सबैभन्दा बढी शिकार हुन्छन् । कहिले धेरै मेकअप गरेको भन्दै, कहिले पहिरनको लागि त कहिले हातमा गिलास समातेको भन्दै सेलिब्रिटीलाई ट्रोल गरिन्छ । अब यो ट्रोलिङको शिकार सेलिब्रिटीका बच्चाहरु पनि हुन थालेका छन् । यसपटक ट्रोलर्सले ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनकी छोरी आराध्या बच्चनलाई ट्रोल गरेका छन् ।

हालै ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनले आफ्नी छोरी आराध्याको ८ औं जन्मदिन मनाए । यो पार्टीमा बलिउडका विभिन्न सेलिब्रिटीको पनि उपस्थिती रह्यो । यद्यपि, अमिताभ बच्चनको घरमा भएको यो पार्टी पूर्ण रुपमा प्राइभेट थियो तर यो पार्टीका केही तस्बिर सार्वजनिक भएका छन् । यिनै तस्बिरमा देखिएकी आराध्यालाई अब सोसल मिडियामा ट्रोल गरिँदै छ र यसको कारण हो आराध्याको मेकअप ।

यी तस्बिरमा आराध्यालाई यति कम उमेरमा नै मेकअप गरेको भन्दै धेरैले ट्रोल गरेका छन् । बच्चालाई मेकअप किन गरेको भन्दै धेरैले आफ्नो असन्तुष्टि पोखेका छन् ।

आराध्या र ऐश्वर्यालाई ट्रोल गरिएको यो पहिलो पटक भने होइन । हरेक कार्यक्रममा आफ्नी आमासँग टाँस्सिएर बस्ने आराध्या र आफ्नी छोरीको हात नछोड्ने ऐश्वर्यालाई छोरीका लागि ओभर प्रोटेक्टिभ भएको भन्दै ट्रोल गरिन्छ ।साभार

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV